मालिका–४ मा काँग्रेसको प्यानल विजयी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार भेजेन्द्रमान पुन निर्वाचित हुनुभएको छ ।

पुनले ४२९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका रेशम पुनले ३६८, एमालेका गोपाल कंडेलले २०७ र मंगोलका दलप्रसाद पुनले ६ मत गर्नुभएको छ । वडा सदस्यमा गर्वे गुरुङ, चित्रबहादुर घर्तिमगर, भिमकुमारी पुन र टिकाकुमारी कामी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

एक हजार ५० मत खसेको सो वडाबाट गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ३९० एमालेका बेगप्रसाद गर्बुजालाई २०९, माओवादीका रेशमबहादुर जुग्जालीलाई ३८७ र मंगोलका खमबहादुर रोकालाई १२ मत खसेको छ ।

Shreekrishna hardwear in news

उपाध्यक्षमा कांग्रेसकी पिपला बुढालाई ३९८, एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई २३६, माओवादीकी गौरी सेन्चुरीलाई ३६१ र मंगोलकी धनदेबी बुढालाई ७ मत प्राप्त भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...