मंगला–१ कुहुँमा एमालेको प्यानल विजयी

Add Samajik bikash office

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ मा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।

वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकाले एक हजार ११० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी काँग्रेसका रविन पुनले ६५७ र माओवादीका पृथीलाल विकले ८२ मत पाउनुभयो ।

Bhautik ministry notice about road

वडा सदस्यमा एमालेकी दिलकुमारी खत्री, संगिता किसान, कुमार शेरपुञ्जा र नरबहादुर खत्री निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । दुई हजार ८५८ मतदाना रहेको सो वडामा शुक्रबार भएको मतदानमा एक हजार ९७२ मत खसेको थियो ।

Shreekrishna hardwear in news

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले एक हजार ९९, नेपाली काँग्रेसका विरेन्द्र बुढाथोकीले ६६७, नेकपा माओवादीका टेक बहादुर विश्वकर्माले १०६, राप्रपाका योगेन्द्रमान गौचनले ५ र मंगोलका गिरु रोकाले ११ मत पाउनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीले एक हजार १०७, नेपाली काँग्रेसका शर्मिला थापाले ६९२, माओवादीका सुकमाया रोकाले ८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...