अन्नपूर्ण–२ भुरुङ्गमा एमालेका ओम फगामी सहित प्यानल विजयी

Add Samajik bikash office

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका ओमप्रकाश फगामीको प्यानल विजयी भएका छन् ।

३२९ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका फगामीका प्रतिस्पर्धी नेपाली काँग्रेसका रेखिराम पुर्जा पुनले १२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

वडा सदस्यमा एमालेकै चन्द्रकुमार फगामी, देव गर्बुजा पुन, बिष्णुकुमारी दमै र बिष्णुकुमारी गर्बुजा निर्वाचित हुनुभएको छ । ६२५ मतदाता रहेको भुरुङ्ग तातोपानीमा शुक्रबार भएको मतदानमा ४५८ मत खसेको थियो ।

Shreekrishna hardwear in news

भुरुङ्गबाट गाउँपालिका अध्यक्षमा एमालेका भरतकुमार पुनलाई ३५०, काँग्रेसका बलबहादुर तिलिजा पुनलाई १२१, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनलाई ३२२ र काँग्रेसका ललिता तिलिजालार्य ११९ मत पप्त भएको छ ।

अन्नपूर्णको २ वटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, काँग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र काँग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाउनुभएको छ । पोखरेबगरमा अन्नपूर्ण–३ दानाको मतगणना शुरु भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...