मालिका–३ मा माओवादीको प्यानल विजयी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । म्याग्दीमा हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार मालिका ३ मा माओवादीबाट विजयी हुने उमेद्वार पहिलो हुन् ।

माओवादीको वडा अध्यक्षका उमेद्वार मोतिप्रसाद बुढाले ३४५ मत ल्याएर विजयी हुँदा, काँग्रेसका श्यामबहादुर बुढाथोकीले ३२५, एमालेका मनबहादुर बुढाथोकीले २४१ र मंगोलका ज्ञानबहादुर पुनले १६ मत ल्याउनुभयो ।

Bhautik ministry notice about road

वडा सदस्यमा माओवादीका मेखबहादुर घर्ति, राजेश सुनार, भिमसरी पुन र देवी पटेल निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । एक हजार ३८६ जना मतदाता रहेको मालिका–३ मा ९४६ मत खसेको थियो ।

Shreekrishna hardwear in news

तीन वटा वडाको तीन हजार ६९९ मतगणना हुँदा गाउँपालिका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार ३५२, नेकपा एमालेका बेगप्रसाद गर्बुजाले एक हजार ३३८ र नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले ७८३ मत पाउनुभएको छ ।

उपाध्यक्षमा काँग्रेसका पिपला बुढाले एक हजार ३६१, एमालेकी लक्ष्मीदेवी घर्ति पुनले एक हजार ३५२ र माओवादीकी गौरी सेञ्चुरीले ७०४ मत प्राप्त गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...