गुर्जाको मतगणना हुँदा धवलागिरीमा गठबन्धनलाई अग्रता

Add Samajik bikash office

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाको मतगणना सकिदाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले सुरुवाति अग्रता लिएका छन् ।
गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुनले २६७, एमालेकी थमसरा पुनले ५१, उपाध्यक्षमा माओवादीका रेशम पुनले २६४ र एमालेका प्रगति कार्कीले २९ मत पाउनुभएको छ ।

Bhautik ministry notice about road

वडा अध्यक्षमा काँग्रेस–माओवादीको गठबन्धनको तर्फबाट माओवादीका झक छन्त्याल, दुई जना माओवादी, एक जना काँग्रेस र एक जना स्वतन्त्र उमेद्वार निर्बिरोध भएको गुर्जामा ३४८ मत खसेको थियो ।

अहिले वडा नम्बर २ लुलाङको मतगणना चलिरहेको छ । लुलाङमा एक हजार १०२ जना मतदाता मध्य ६९८ मत खसेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...