मालिका–२ मा एमालेको प्यानल विजयी, पालिकामा एमालेको अग्रता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ मा एमालेका उमेद्वार विजयी भएका छन् ।

एमालेका वडा अध्यक्षका उमेद्वार उदयकुमार बुढाथोकीले ७५१ मत ल्याएर विजयी हुँदा काँग्रेसका ताराबहादुर रोकाले ६१५, माओवादीका हर्कलाल दर्जीले २०७ र नेशनल मंगोल अर्गनाइजेशनका प्रेमकुमार रोकाले २० मत प्राप्त गर्नुभएको छ ।

Bhautik ministry notice about road

वडा सदस्यमा एमालेका भक्तबहादुर पुन, भक्तिबहादुर घर्ति पुन, प्रतिक्षा विक र मनकुमारी पुन विजयी हुनुभएको छ । दुई हजार २३७ मतदाता रहेको सो वडामा शुक्रबार भएको मतदानमा एक हजार ६९० मत खसेको थियो ।

Shreekrishna hardwear in news

मलिका १ र २ को दुई हजार ७५३ मत गणना हुँदा अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले एक हजार १०५, नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार ३३ र नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले ४२९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकीले एक हजार ४१, एमालेकी लक्ष्मीदेवी पुनले एक हजार ११७ र माओवादीकी गौरी सेञ्चुरीले ३५५ मत पाउनुभएको छ । अहिले वडा नम्बर ३ को मतगणना भैरहेको छ । एक हजार ३८६ जना मतदाता रहेको मालिका–३ मा ९४६ मत खसेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...