लोमान्थाङमा एमाले विजयी

Gandaki Pardesh notice

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका टसी नर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जनाएको छ ।

गुरुङका निकटतम प्रतिस्पर्धी काँग्रेसका टसी गुरुङले ५१४ र उपाध्यक्षमा विष्टकी प्रतिस्पर्धी छिरिङ ढोका गुरुङले ५२९ मत पाउनुभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

लोमान्थाङको वडा नम्बर १ र ५ मा काँग्रेसका तथा २, ३ र ४ नम्बर वडाको अध्यक्षमा एमालेका उमेद्वार विजयी भएका छन् । १ मा पेमा आङग्या गुरुङ, २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ र ५ मा ढुकके विष्ट वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पाँच वटा वडा रहेको लामोन्थाङमा एक हजार ९४८ जना मतदाता रहेकोमा शुक्रबार मतदानमा एक हजार २३१ मत खसेको थियो । मुस्ताङको पाँच वटा स्थानीय तह मध्य थासाङ वाहेकका स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

एमालेले लोमान्थाङ सहित लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र तथा काँग्रेसले घरपझोङ गाउँपालिकामा जित हाँसिल गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...