रघुगंगा गाउँपालिका–१ बेगमा काँग्रेसका बिलबहादुर फगामी सहित प्यानल विजयी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । रघुगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका बिलबहादुर फगामी ४३२ मत ल्याएर विजयी हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित फगामीका प्रतिस्पर्धी एमालेका धनबहादुर गुर्बजाले ३५४ मत ल्याउनुभयो । वडा सदस्यहरुमा काँग्रेसका सोमिता पुन, सुनिता विक, बलमान गौचन र झक्तबहादुर पुन विजयी भएका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

बेगबाट गाउँपालिका अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारीलाई ४३४, एमालेका प्रेमबहादुर कार्कीलाई ३४२, उपाध्यक्षमा काँग्रेसका प्रेमकुमारी पुनलाई ४३७ र एमालेकी यामकुमारी गर्बुजालाई ३५४ मत प्राप्त भएको छ । आठ सय ९८ मत खसेको बेगका दुई वटा मतदान केन्द्रमा एक हजार ४२० जना मतदाता थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...