म्याग्दीको मालिका– १ निस्कोटमा काँग्रेस विजयी

Add Samajik bikash office

बेनी, म्याग्दीको मालिका गाउँपालिका–१ मा नेपाली काँग्रेसका उमेद्वार विजयी भएका छन् । स्थानीय तह निर्वाचनको मतगणनाको पहिलो पटक मालिकाको परिणाम सार्वजनिक भएको हो ।

नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार टंकप्रसाद पुनले ४६२ मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी एमालेका वुद्धी पुनले ४०७ मत प्राप्त गर्नुभयो ।

Bhautik ministry notice about road

नेपाली काँग्रेसको प्रदेशसभा क्षेत्र (ख)का सभापति रहेका पुन यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस्तै नेकपा (माओवादी केन्द्र)का तिलक पुनले ९८, राप्रपाका समबबहादुर घर्तिले १० र मंगोल नेशनलका कुशल पुनले २९ मत प्राप्त गरेका छन् ।

Shreekrishna hardwear in news

वडा सदस्यमा काँग्रेसका हरिबहादुर पुन, मानसिंह सापकोटा, तनदेवी पुर्जा र कौशिला पटेल विजयी भएका छन् । एक हजार ६३ मत खसेको सो वडाबाट गाउँपालिका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद पुनलाई ४३६, एमालेका वेगप्रसाद गर्बुजालाई ३९८, माओवादीका रेशमबहादुर जुग्जालीलाई १६५ र मंगोल नेशनल अर्गनाइजेशनका खमबहादुर रोकालाई ३३ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले बताए । सो वडामा २१ मत वदर भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...