मुस्ताङको घरपझोङमा काँग्रेसका उमेद्वार दुई मतले विजयी

Sinchai Khanipani notice

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीको गठवन्धनका उमेद्वार विजयी भएका छन् ।

गठवन्धनको तर्फबाट गाउँपालिकाको अध्यक्षको उमेद्वार वनेका नेपाली काँग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हाँसिल गर्नुभएको हो । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गर्नुभयो ।

Bhautik ministry notice about road

उपाध्यक्षमा नेपाली काँग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर बिजयी हुदाँ उहाँकी प्रतिस्पर्धी एमालेकी मिमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६.६८ प्रतिशत अथवा एक हजार ५९८ मत खसेको थियो । गत स्थानीय तह चुनावमा घरपझोङको अध्यक्ष र उपाध्यक्षमा एमालेका उमेद्वार विजयी भएका थिए ।

घरपझोङ गाउँपालिका वडा–३ को वडाध्यक्षमा नेकपा एमालेका फडिन्द्र थकाली सहितका उमेद्वार विजयी भएका छन् । घरपझोङ –४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकाली सहितको प्यानल विजय भएको छ । यसअघि स्थानीय तह निर्वाचनअन्तर्गत घरपझोङ १,२ र ५ वडामा कांग्रेस, एमाले, माओवादी केन्द्र र समाजवादीका उम्मेदवार निर्विरोध भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...