बेनी र रघुगंगामा मतगणना शुरु

khali

म्याग्दी, । म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा स्थानीय तह चुनावको मतगणना शुरु भएको छ ।

बेनी नगरपालिकाको जिल्ला समन्वय समितिको सभाहल र रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित गाउँपालिकाको सभाहलमा मतगणना शुरु भएको हो । मतगणनाअघि बिहान सर्वदलीय बैठक बसेको थियो । दुवै पालिकाको १ नम्बर वडाबाट मतगणना शुरु भएको हो ।

khali

२१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको छ । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

Shreekrishna hardwear in news

कुल १३ हजार ९४७ जना मतदाता रहेको रघुगंगामा नौ हजार ११३ मत खसेको छ । आठ वटा वडा रहेको रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १३५ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

मालिका, अन्नपूर्ण र मंगला गाउँपालिकामा बिहानै देखि मतगणना शुरु भएको थियो । धवलागिरी गाउँपालिकाको मतगणना गुर्जाको मतपेटिका ल्याएपछि शनिबार अपराहन्नदेखि गर्ने तयारी भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...