मंगला, मालिका र अन्नपूर्णमा मतगणना शुरु, बेनीको १० बजेदेखि शुरु हुने

Add Samajik bikash office

बेनी । म्याग्दीका तीन वटा स्थानीय तहमा शनिबार बिहान देखि मतगणना शुरु भएको छ ।

मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको मतगणना शुरु भएको हो । तीन वटै पालिकाको वडा नम्बर १ को मतपेटिका खोलेर मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

बेनी नगरपालिकाको मतगणनाका लागि बिहान सर्वदलीय बैठक बसेको थियो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले शनिबार बिहान १० बजेदेखि जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु गरिने जानकारी दिनुभयो । छ वटै निर्वाचन अधिकृतको कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरी तारबार लगाएर मतगणना स्थल बनाइएको छ ।

Shreekrishna hardwear in news

कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले २६ हजार ५१० पुरुष, ३० हजार ३२ जना महिला र एक जना तेस्रो लिङ्गीले मतदान गरेका बताउनुभयो ।

Bhautik ministry notice about road

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार प्रतिस्पर्धामा थिए । १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६१ शशमलब १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको छ ।

१३ हजार २०१ मतदाता रहेको मालिका गाउँपालिकामा ६७.७६ प्रतिशत अथवा आठ हजार ९४६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ हजार ४१६ मतदाता रहेको मंगला गाउँपालिकामा ६५.७२ प्रतिशत अथवा आठ हजार ८१७ मत खसेको निर्वाचन अधिकृत धर्मराज पौडेलले बताउनुभयो ।

१३ हजार ९४७ जना मतदाता रहेको रघुगंगा गाउँपालिकामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

२१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...