मल्कवाङमा कुटपिटबाट आठ जना घाइते

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन् । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाईते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताउनुभयो ।

Gunasthariya Shiksya

‘मलाई कुटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरूलाई कुटिएको छ,’ उहाँले भन्नुभयो ‘हामीले प्रहरीलाई जानकारी गराइसकेका छौ ।’ उहाँका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने बिरुद्ध किटानी जायरी समेत दिने बताउनुभयो ।

Shreekrishna

कुटपिटबाट घाईते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हातपात गरेपछि गाउँ नै आंतकित भएको बताउनुभयो । ‘निर्घात कुटपिट गरेका छन्,‘सम्झाउन जानेलाई समेत कुटे, हामीले सबै घटनाका बारेमा प्रहरीलाई भनिसकेका छौ’ उहाँले भन्नुभयो । उहाँले दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । कुटपिटबाट घाईते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।

यता घटनाका बारेमा कुटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटीले भने कुनै प्रतिक्रिया दिएको छैन । यता जिल्ला प्रहरी कार्यालयले शनिबार विहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...