धवलागिरीमा ६१ प्रतिशत मत खस्यो

Add Samajik bikash office

गोपाल आचार्य
ताकम । शुक्रबार भएको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरीमा कुल मतदाता संख्या मध्य ६१ शशमलब १८ प्रतिशत मत खसेको छ ।

कुल १० हजार ९४० मतदाता मध्य छ हजार ६९४ मत खसेको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले जनाएका छन् । सात वटा वडा रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन् ।

Bhautik ministry notice about road

गुर्जामा ३८४, लुलाङमा ३९८, मुनामा एक हजार ४७, मुदीमा ६५०, खिवाङमा ६१७, ताकममा एक हजार १३३, मराङ १ मा ३१९, मराङ २ मा ५२०, दरमा ३००, मल्कवाङमा ३७९ र मलम्पारको मतदान केन्द्रमा २०९ मत खसेको हो ।

Shreekrishna hardwear in news

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उमेद्वार छन् । गुर्जाको मतपेटिका शनिबार बिहान पैदलमार्ग मार्फत मुनाको मतगणना स्थलमा ल्याउने तयारी भएको छ ।

सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भैसकेपछि मतगणना शुरु गरिने निर्वाचन अधिकृत भोलाराज रेग्मीले जानकारी दिनुभयो । धवलागिरीको वडा नम्बर १ मा पर्ने गुर्जाको वडा अध्यक्ष र चार जना सदस्य पदमा काँग्रेस–माओवादी गठबन्धन र स्वतन्त्र उमेद्वार निर्बिरोध भएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...