थाकनपोखरीमा झडप हुँदा एक जना घाइते

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ थाकनपोखरी आधारभूत विद्यालयको मतदान केन्द्रमा शुक्रबार नेकपा एमाले र नेपाली काँग्रेस–माओवादी केन्द्रको गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

एमालेका कार्यकर्ताको कुटाइबाट बेनपा ६ का गठबन्धनका कार्यकर्ता राम पौडेल घाइते हुनुभएको हो । घाइते पौडेललाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । उनको टाउकोमा चोट लागेको छ ।

Bhautik ministry notice about road

घाइतेका दाजु कृष्ण पौडेलले एमालेका वडा अध्यक्षका उमेद्वार कृष्णसिंह बानियाको निर्देशनमा आक्रमण भएको बताउनुभयो । मतपेटिका बेनी स्थित मतगणना स्थलसम्म ल्याउने क्रममा मतदान केन्द्र बाहिर पौडेललाई आक्रमण गरेका थिए । प्रहरी नायव उपरीक्षक तिलक भारतीले भने थाकनपोखरी झडपको घटनाको विषयमा जानकारी नआएको बताउनुभयो ।

Shreekrishna hardwear in news

वारेसे मत हाल्ने क्रममा बिहान बिवाद हुँदा वडा बानिया र कृष्णबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । बानियाले सर्वदलीय बैठक र निर्वाचन सम्बन्धी कानुन विपरित असम्बन्धित ब्यक्तिको नाममा वारेस मत हाल्न खोजेपछि बिवाद भएको पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...