बेनी, । स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भएको मतदानमा म्याग्दीमा ६६.२३ प्रतिशत मत खसेको छ ।
कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले २६ हजार ५१० पुरुष, ३० हजार ३२ जना महिला र एक जना तेस्रो लिङ्गीले मतदान गरेका बताउनुभयो ।
साँझ पाँच बजे मतदान सकिएपछि मतगणना स्थलमा मतपेटिका ल्याउने क्रम जारी छ । मतपेटिका संकलन भैसकेपछि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/05/IMG_0134-1024x683.jpg)
बेनी नगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि शुरु गर्ने उहाँले बताउनुभयो । शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार प्रतिस्पर्धामा थिए ।
![Malika RM Public notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/11/Malika-RM-Notice-1.jpg)