मंगलामा ६५ प्रतिशत मत खस्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। स्थानीय तह निर्वाचन अन्तरगत शुक्रबार भएको चुनावमा म्याग्दीको मंगला गाउँपालिकामा ६५.७२ प्रतिशत मत खसेको छ ।

कुल १३ हजार ४१६ मतदाता रहेकोमा आठ हाजर ८१७ मत खसेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पाँच वटा वडा रहेको मंगलाको आठ वटा मतदान स्थल र १७ वटा केन्द्र छन् । सबै केन्द्रमा शान्ति र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

Shreekrishna

सबै केन्द्रबाट मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरु गने उहाँले बताउनुभयो । मंगला माविको भवनमा मतगणना स्थल बनाइएको छ ।

पाँच वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उमेद्वार प्रतिस्पर्धामा छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...