अन्नपूर्णमा ६४ प्रतिशत मत खस्यो, १०९ वर्षीय वृद्धबाट मतदान

Gandaki Pardesh notice

बेनी, स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १०९ वर्षीय वुद्धले मतदान गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका १०९ वर्षीय मनबहादुर राम्जालीले कैलाश मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ को प्रभा मावी केन्द्रमा तेस्रो लिङ्गी बद्रि पुनले मतदान गर्नुभएको छ । १४ मतदान स्थलमा १७ वटा केन्द्र र १२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत मत खसेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सात हजार ८०३ मत खसेको सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सवै मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर शुक्रबार रातीदेखिनै मतगणना गर्ने तयारी भएको छ ।

अन्नपूर्णको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सचिवमा ४२ पदका लागि ९८ जना जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...