म्याग्दीमा मतदान शुरु

Sinchai Khanipani notice

म्याग्दी। स्थानीय तह चुनाव अन्तरगत शुक्रबार बिहान देखि म्याग्दीका मतदान केन्द्रहरुमा पनि मतदान शुरु भएको छ ।

म्याग्दीका ७४ मतदान स्थल र ११४ वटै मतदान केन्द्रमा शान्ति र सौहर्दपूर्ण वातावरणमा मतदान शुरु भएको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदान अपराहन्न ५ बजेसम्म जारी रहनेछ् ।

मतदानका लागि सर्वसाधारण बिहान ७ बजेअघिनै मतदान केन्द्रमा पुगेर लामवद्ध भएका छन् । जेष्ठ नागरिक, अपाङ्ग, अशक्तहरुलाई सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Shreekrishna hardwear in news

४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । चुनावका लागि म्याग्दीमा ५६१ जना कर्मचारी र एक हजार ४६६ जना सुरक्षाकर्मी परिचालन भएका छन्् ।

Bhautik ministry notice about road

तीन दिनअघि मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले सर्वदलीय बैठक, मतदाता परिचयपत्र वितरण र मतदान स्थल निर्माण गरेर मतदानको तयारी गरेका थिए । पानी पर्ने सम्भावना रहेकाले मतदान स्थलमा त्रिपाल टाँगिएको र व्यवस्था गरिएको छ ।

मतदानमा सहभागी सर्वसाधारणले विकास, सेवा प्रवाहमा सहजता र शुसासनको अपेक्षा गरेका छन् । निर्वाचित हुने जनप्रतिनिधीले विकास निर्माणलाई तिब्रता दिने, स्थानीय समस्या समाधान, आवश्यकताको परिपुर्ति र शुसासन कायम गर्ने सर्वसाधारणले बताएका छन् ।

स्थानीय तह चुनावमा मतदाताले सात जनालाई मतदान गर्नुपर्ने हुन्छ । पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र दुई जना खुल्ला सदस्यको चुनाव चिन्हमा स्वितिक छापले संकेत गरेर मतदान गर्नुपर्ने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...