म्याग्दीका १२ मतदान केन्द्रमा महिला मतदान अधिकृत

Gandaki Pardesh notice

बेनी । शुक्रबार हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा १२ जना महिला मतदान अधिकृत खटिएका छन् ।

७४ मतदान स्थलमा रहेका ११४ वटा मतदान केन्द्र मध्य १२ वटाको अधिकृत महिलालाई बनाइएको हो । संघीय, प्रदेश र स्थानीय तहका अधिकृत स्तरका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकलाई मतदान अधिकृतका रुपमा चुनावमा खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ को मुक्तिमार्ग मावि घार (क) मा भगवति खड्का, बेनी नगरपालिका–४ सिंगाको धवलागिरी मावि (ग) मा आकृति ढुङ्गाना, मंगला गाउँपालिका–२ को मंगला मावि (ग) मा निर्मलाकुमारी केसी, मंगला–५ को शिशुकल्याण मावि (ख)मा इन्दुकुमारी खड्का र मंगला–५ को सारदा आधारभूत विद्यालयमा सरला सुवेदीलाई मतदान अधिकृत नियुक्त गरिएको छ ।

Shreekrishna hardwear in news

यसैगरी मालिका गाउँपालिका–४ च्युरीवोटको सिद्धार्थ मावि (ख) मा सरला पौडेल, मालिका–५ को गौवमवस्त मावि (क) मा सावित्री गर्वुजा, मालिका–७ बिमको किसानी मावि (क)मा लक्ष्मीकुमारी मल्ल, रघुगंगा गाउँपालिका–२ को कार्यालय (ख)मा बिष्णुमाया कुँवर, (ख)मा जमुना शर्मा, रघुगंगा–३ पिप्लेको रघुगंगा मावि (ग) मा पवित्रा भण्डारी र रघुगंगा–४ को शिव आधारभूत विद्यालयमा सविना शर्मालाई मतदान अधिकृत नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

चुनावका लागि म्याग्दीमा ५६१ जना कर्मचारी र एक हजार ४६६ जना सुरक्षाकर्मी परिचालन भएका छन्् । मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले सर्वदलीय बैठक, मतदाता परिचयपत्र वितरण र मतदान स्थल निर्माण गरेर मतदानको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो । मतदान स्थलमा स्वमसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

पानी पर्ने सम्भावना रहेकाले मतदान स्थलमा त्रिपाल टाँगिएको र व्यवस्था गरिएको छ । सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ जना मतदाता थपिएका छन् । वि.स. २०७४ को स्थानीय तह चुनावमा ७१ हजार ४६३ जना मतदाता थिए । यसपाली म्याग्दीमा कुल मतदाताको संख्या ८५ हजार ३७५ जना मतदाता छन् । ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता छन् । विकास, सेवा प्रवाहमा सहजता, शुसासनको अपेक्षा गरेका सर्वसाधारण मतदानको लागि आतुर छन् ।

बेनी नगरपालिका–७ का दिनेशकुमार विश्वकर्माले नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका जनप्रतिनिधी चयन गर्न हुन लागेको चुनावमा मतदानका लागि आतुर रहेको बताउनुभयो । बेनी नगरपालिका–२ खबराका तेजबहादुर घर्तीले निर्वाचित हुने जनप्रतिनिधीले विकास निर्माणलाई तिब्रता दिने, स्थानीय समस्या समाधान, आवश्यकताको परिपुर्ति र शुसासन कायम गर्ने अपेक्षा गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...