म्याग्दीका सवै पालिकामा मतगणना स्थल तयार

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका सवै पालिकामा स्थानीय तह निर्वाचनको मतगणना स्थल तयार भएको छ ।

शुक्रबार हुन लागेको चुनावको मतगणनाका लागि म्याग्दीका छ वटै स्थानीय तहमा तारजालीले बारेर सिसिटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने ठाउँ तयार पारिएको जानकारी दिनुभयो । सवै मतगणना स्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसिटभी क्यामेरा जडान गरिएको छ ।

बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्चमा मतगणना गर्ने र दर्शक दिर्घामा दल तथा उमेद्वार बस्ने ठाउँ बनाइएको छ ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयको भवनको चेनगेट भन्दा बाहिर दलका प्रतिनिधी र उमेद्वार बस्ने तथा भित्रको खाली ठाउँमा मत गणना गर्ने ठाउँ बनाइएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

Bhautik ministry notice about road

दरङमा मालिका गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा तारजालीले वारेर मतगणना गर्ने ठाउँ बनाएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालय राखिएको कोठाको आधा भागमा मत गन्ने र आधा भागमा उमेद्वार तथा दलका प्रतिनिधी बस्ने बनाएको छ ।

मंगला गाउँपालिकाको मतगणना बाबियाचौरको मंगला माविको भवनमा हुने भएको छ । मतगणना स्थलमा सिसिटिभी जडान र तारजाली लगाइसकेको निर्वाचत अधिकृत धर्मराज पौडेलले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालयको सभाहलमा मत गणाना स्थल बनाउन तार जालीले बारेर सिडिटिभी जाडन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर आधारभूत विद्यालयको भवनमा मतगणाना गरिने निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो । उहाँका अनुसार मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान र तारजाली लगाइएको छ ।

मतगणनाको समयमा हुन सक्ने सम्भावित घटनालाई पुर्वअनुमान विगतको चुनावको अनुभवबाट पाठ सिके यसपाली निर्वाचन आयोगले सिसिटिभी जाडन गर्ने र तार जाली लगाउने नीति लिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...