म्याग्दीमा चुनावको तयारी पुरा, मतदान केन्द्रमा त्रिपालको ब्यवस्था

Gandaki Pardesh notice

बेनी । शुक्रबार हुन लागेको स्थानीय तह चुनावको म्याग्दीमा तयारी पुरा भएको छ ।

मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले सर्वदलीय बैठक, मतदाता परिचयपत्र वितरण र मतदान स्थल निर्माण गरेर मतदानको तयारी गरेका हुन् । मतदान स्थलमा स्वमसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

पानी पर्ने सम्भावना रहेकाले मतदान स्थलमा त्रिपाल टाँगिएको र व्यवस्था गरिएको छ । म्याग्दीका ७४ मतदान स्थलका ११४ वटा मतदान केन्द्रमा मतदानको सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । चुनावका लागि म्याग्दीमा ५६१ जना कर्मचारी र एक हजार ४६६ जना सुरक्षाकर्मी परिचालन भएका छन्् ।

Shreekrishna hardwear in news

निर्वाचन लक्षित गरेर ६१८ जना म्यादी प्रहरी नियुक्त भएका छन् । सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो ।

मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Bhautik ministry notice about road

पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ जना मतदाता थपिएका छन् । वि.स. २०७४ को स्थानीय तह चुनावमा ७१ हजार ४६३ जना मतदाता थिए । यसपाली म्याग्दीमा कुल मतदाताको संख्या ८५ हजार ३७५ जना मतदाता छन् ।

४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता छन् । विकास, सेवा प्रवाहमा सहजता, शुसासनको अपेक्षा गरेका सर्वसाधारण मतदानको लागि आतुर छन् ।

बेनी नगरपालिका–७ का दिनेशकुमार विश्वकर्माले नजिकको सरकारको रुपमा रहेको स्थानीय तहका जनप्रतिनिधी चयन गर्न हुन लागेको चुनावमा मतदानका लागि आतुर रहेको बताउनुभयो ।

बेनी नगरपालिका–२ खबराका तेजबहादुर घर्तीले निर्वाचित हुने जनप्रतिनिधीले विकास निर्माणलाई तिब्रता दिने, स्थानीय समस्या समाधान, आवश्यकताको परिपुर्ति र शुसासन कायम गर्ने अपेक्षा गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...