म्याग्दीमा चुनावको तयारी अन्तिम चरणमा

Gandaki Pardesh notice

बेनी, २८ वैशाख । यही वैशाख ३० गते शुक्रबारका दिन हुन लागेको स्थानीय तह चुनावको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।

मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले बुधबार सर्वदलीय बैठक र मतदान स्थल निर्माण थालेका छन् । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिनुभयो ।

“जिल्लाभरको मतदान स्थलमा चुनावको तयारी पुरा भएको छ,” उहाँले भन्नुभयो “बिहिबारसम्म मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र (बुथ) बनाउने योजना छ ।” मतदान स्थलमा स्वमसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

Shreekrishna hardwear in news

पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ जना मतदाता थपिएका छन् । थपिएका र मतदान स्थल परिवर्तन गरेका मतदाताको नयाँ परिचयपत्र वितरण गर्न थालिएको हो । वि.स. २०७४ को स्थानीय तह चुनावमा ७१ हजार ४६३ जना मतदाता थिए । यसपाली म्याग्दीमा कुल मतदाताको संख्या ८५ हजार ३७५ जना मतदाता छन् ।

Bhautik ministry notice about road

४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता छन् । ७४ मतदान स्थलका ११४ वटा मतदान केन्द्रमा मंगलबारनै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावली लगायत सवै ६१ किसिमका सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् हुन् । चुनावका लागि म्याग्दीमा कुल दुई हजार २५ जना कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।

मतदान केन्द्रमा ५६१ जना कर्मचारी र एक हजार ४६६ जना सुरक्षाकर्मी परिचालन भएका हुन् । ११४ जना मतदान अधिकृत, ११४ जना सहायक मतदान अधिकृत, २२८ जना सहायक कर्मचारी, ११४ जना सहयोगी कर्मचारी गरि जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ जना म्यादी प्रहरी नियुक्त भएका छन् । ३८० जना नेपाल प्रहरी, २०६ जना शसस्त्र प्रहरी, २६२ जना नेपाली सेना परिचालन भएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...