म्याग्दीको नारच्याङमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार राती भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । मालारानी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।

Bhautik ministry notice about road

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए ।

Shreekrishna hardwear in news

उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनिहरुलाई मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान शुरु गरेको छ । सडक देखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...