सिस्नेरी खवाङमा अफिम नष्ट

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका– ४ सिस्नेरी खवाङमा लागू औषध अफिमका बोट नष्ट गरिएको छ ।

Bhautik ministry notice about road

मलिका गाउँपालिका–४ सिस्नेरी खवाङमा पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बोट मंगलबार प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएका म्यादी प्रहरी सहितको टोलीले अफिम नष्ट गरेको हो ।

स्थानीय तह चुनावको सुरक्षा गस्तिमा गएका प्रहरी टोलीले अफिम खेती भएको भेटेपछि नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । प्रहरीले यसअघि मालिका गाउँपालिका –५ को गाइखर्कमा अफिमका बोट नष्ट गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...