पात्लेखेत पुगेर गठबन्धनका उमेद्वारले भने -पाँच वर्षमा काम गरेर देखाउछौ

Add Samajik bikash office

बेनी, । नेपाली कांग्रेस र माओवादी केन्द्रका साँझा उम्मेदवारले मंगलबार बेनी नगरपालिका – १० पात्लेखेतमा चुनावी सभा सम्पन्न गरेको छ । नगरका दशै वडामा चुनावी सभा सम्पन्न गरेका गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएको बताएका छन् ।
‘म राजनितिक शास्त्रको विद्यार्थी हुँ, बेनी नगरका मतदाताको साथ सहयोग र उत्साहजनक सहभागिताले यस पटक हाम्रो जित निश्चित भएको छ ।’ गठबन्धनबाट बेनी नगर पालिकाको मेयर पदका उम्मेदवार चिरञ्जीवी शर्माले भन्नुभयो ।
‘हेरक वस्ती टोलका नगरवासीको आवश्यकता र प्राथमिकताका योजना संकलन गरेर लिएर आएका छौँ, हामी निर्वाचित भएपछि ५ बर्षमा उहाँहरुको योजना अनुसार काम गरेर देखाउछौँ ।’ उम्मेदवार शर्माले अरुले जनतालाई झुटो आश्वासन र बाँचा गर्दै हिडेको बताउनुभयो । उहाँले नगरबासीलाई आफ्नो प्रतिबद्धता पत्र अनुसार काम गरेर देखाउने अवसर प्रदान गर्न आफुलाई जिताउनका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रम माओवादी केन्द्रबाट उप–मेयरका उम्मेदवार ज्योती लामिछानेले महिलाको हक अधिकार संगै महिलाहरुलाई उद्यमशिलता बनाएर रोजगारी संगै आयआर्जनमा सक्षम बनाउका लागि आफु उम्मेदवार बनेको बताउनुभयो । ‘गत चुनावमा पराजित भएपनि जनताको दुखःसुखमा साथसाथै थिए,” पौडेलले भन्नुभयो “पार्टी र गठबन्धनले अवसर दिएको छ । जनताले विश्वास गरेर जनप्रतिनिधीको रुपमा सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।”
नेपाली काँग्रेसका पूर्व सभापती तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मिचेर संसद बिघटन गर्ने, अराजकता मच्चाउने, भ्रष्ट्राचार र बेतिथि निम्त्याउने ओली प्रवृतिका विरुद्ध बनेको गठबन्धनका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तन र जनहितका लागि यसअघि पनि राजनीतिक दलहरुबीच सहकार्य भएको इतिहाँसको स्मरण गर्दै नेता बानियाले आसन्न चुनावमा काँग्रेसले माओवादी र माओवादीले काँग्रेसका उमेद्वारलाई जिताउन हिचकिचाउन नपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा बेनी नगरपालिका–१० मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिव शाहीले पात्लेखेतको विकासमा सधै कांग्रेसको नेतृत्व रहदै आएको बताउदै गाउँको विकास गर्नका लागि आफ्नो नेतृत्वलाई विजय गराउन आग्रह गर्नुभयो । उहाँले हरेक वडाबासीलाई विकास र सुशासनको अनुभूति दिलाउने, गाउँपालिका, पर्यटक, कृषि, रोजगारी मुलक योजनाहरुका साथ आफु उम्मेदवार बनेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...