मतदाता गाउँ फर्कन थाले

Sinchai Khanipani notice

बेनी, स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा मतदाताहरु आफ्नो नामावली भएको ठाउँ फर्कन थालेका छन् ।

पेशा, व्यापार, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा सहरबजार तथा छिमेकी देश भारत पुगेकाहरु चुनावमा मतदानका लागि गाउँ फर्किएका हुन् । काठमाडौ, पोखरा, चितवन, बुटवल लगायत देशका विभिन्न सहरबाट आउने गाडीमा यात्रुको चाप बढेको यातायात व्यवसायीले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले चुनावका लागि मतदान गर्न देशका विभिन्न सहरबाट आउने र बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नागरिकता र नामावली गाउँमै भएकाले चुनावका लागि गाउँ आएको सर्वसाधारणले बताएका छन् । स्थानीय तह चुनावमा छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उमेद्वार हुने भएकाले पनि मतदाताहरुले चासो दिने गर्छन् । चुनावको मिति नजिकिएको र बजारबाट मानिसहरु आउन थालेपछि चहलपहल बढेको छ ।

काठमाडौ र पोखराबाट मतदाता ल्याउन केही उमेद्वार तथा दलहरुले गाडीनै रिजर्भ गरेका बताइएको छ । थोरै मतान्तरले पनि जितहार हुन सक्ने भएकाले चुनाव प्रचारको कामलाई अन्तिम चरणमा पु¥याएका उमेद्वारको ध्यान जिल्ला, पालिका र वडा बाहिर रहेका मतदाताप्रति गएको छ ।

केही उमेद्वारहरुले पार्टीको सिफारिस पाउने वित्तिकै मनोनयन दर्ता गर्नु अघिनै काठमाडौ–पोखरामा पुगेर मत मागेका थिए । राजनीतिक दल सम्बद्ध सम्पर्क समितिले जिल्ला बाहिर प्रचारप्रसार गरेका छन् ।

छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...