म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

Sinchai Khanipani notice

बेनी, । आगामी शुक्रबार (वैशाख ३० गते) हुने स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सवै मतदान केन्द्रमा मंगलबार कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदान स्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले केन्द्रमा पुगेर मतदान अधिकृतहरुले सूचना टासेका जानकारी दिनुभयो ।

बुधबार र बिहिबार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावली लगायत सवै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

चुनावका लागि म्याग्दीमा कुल दुई हजार २५ जना कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ जना कर्मचारी र एक हजार ४६६ जना सुरक्षाकर्मी परिचालन भएका हुन् । ११४ जना मतदान अधिकृत, ११४ जना सहायक मतदान अधिकृत, २२८ जना सहायक कर्मचारी, ११४ जना सहयोगी कर्मचारी गरि जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ जना म्यादी प्रहरी नियुक्त भएका छन् । ३८० जना नेपाल प्रहरी, २०६ जना शसस्त्र प्रहरी, २६२ जना नेपाली सेना परिचालन भएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

मतदानको मिति नजिकिदै गर्दा सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...