म्याग्दीका मतदान केन्द्रतर्फ हिडे कर्मचारी र सुरक्षाकर्मी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् ।

यातायात सेवा नपुगेको भौगोलिक रुपमा विकट र दर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी सोमबार बेनीबाट हिडेका छन् । जिल्लाका ७४ मतदान स्थलका ११४ वटै केन्द्रमा मंगलबारसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गर्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

गुर्जा जाने मतदान अधिकृत कमलबहादुर बानिया नेतृत्वको टोलीलाई मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन सामग्री हस्तान्तरण गरेर बिदाई गनुएभएको थियो । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावली लगायत सवै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् ।

Shreekrishna hardwear in news

११४ जना मतदान अधिकृत, ११४ जना सहायक मतदान अधिकृत, २२८ जना सहायक कर्मचारी, ११४ जना सहयोगी कर्मचारी गरि जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् ।

Bhautik ministry notice about road

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार बेनीमा तालिम दिइएको थियो । सडक यातायातको सुविधा भएका केन्द्रमा मंगलबार सम्म पुग्ने तयारी गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अधिकांशले मतदान सामग्री बुझेका छन् ।

मतदानको मिति नजिकिदै गर्दा सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको प्रजिअ रानाले बताउनुभयो ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ जना म्यादी प्रहरी नियुक्त भएका छन् । ३८० जना नेपाल प्रहरी, २०६ जना शसस्त्र प्रहरी, २६२ जना नेपाली सेना परिचालन भएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...