बेनीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको प्रतिस्पर्धा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र)का उमेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

१० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २४ हजार ७११ जना मतदाता रहेको बेनी नगरपालिकामा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र छन् ।

मेयरमा ६, उपमेयरमा ५, वडा अध्यक्षमा ३१, खुल्ला वडा सदस्यमा ६५, महिला सदस्यमा २७ र दलित महिला सदस्यमा २२ जना उमेद्वार रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काँग्रेस र माओवादीले मेयर उपमेयर सहित २, ६, ७, ८ र ९ नम्बर वडामा तालमेल गरेका छन् ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष जुन पार्टीका उमेद्वार छन सदस्यहरु पनि सोही पार्टीको चिन्ह लिएर चुनावमा उत्रिएका छन् । गत चुनावमा तालमेल गरेका एमाले र राप्रपा यसपाली एक्लाएक्लै प्रतिपस्र्धामा उत्रिएका छन् ।

नगर प्रमुखमा एमालेका सुरत केसी, नेपाली काँग्रेसका चिरञ्जिवी शर्मा, राप्रपाकी मिनाकुमारी शर्मा, नेशनल मंगोल अर्गनाइजेशनका नरबहादुर थापामगर, राष्ट्रिय जनमोर्चाका टिकाप्रसाद रानामगर र स्वतन्त्र उमेद्वार धनबहादुर श्रीस उमेद्वार हुनुहुन्छ ।

उपप्रमुखमा एमालेकी पशुपती शाही, नेकपा माओवादी केन्द्रका ज्योती लामिछाने पौडेल, राप्रपाका एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाका भोमकुमारी कार्की र नेशनल मंगोल अर्गनाइजेशनका विवा आले प्रतिस्पर्धामा उत्रनुभएको छ ।

वडा नम्बर १ रत्नेचौरमा एमालेका टेकबहादुर थापा, काँग्रेसका कमल थापा, माओवादीका नरबहादुर थापा (निशान), राप्रपाका नगेन्द्रबहादुर बोगटी, नेशनल मंगोल अर्गनाइजेशनका बालकृष्ण थापामगर, वडा नम्बर २ एमालेका डम्बरबहादुर सापकोटा, काँग्रेसका यामबहादुर क्षेत्री र सम्राट सापकोटा स्वतन्त्र उमेद्वार हुनुहुन्छ ।

Bhautik ministry notice about road

वडा नम्बर ३ को अध्यक्षमा मा नेकपा एमालेका गेमबहादुर घर्तिमगर, नेपाली काँग्रेसका होमबहादुर रोकामगर, नेकपा माओवादी केन्द्रका पदम पुन र नेशनल मंगोल अर्गनाइजेशनका दिपक पुन, वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेका देवेन्द्रबहादुर बानिया, नेपाली काँग्रेसका सुमन बानिया, नेकपा माओवादी केन्द्रका अणबहादुर खड्का (भगवान) र राप्रपाका विज्ञान हमाल उमेद्वार बन्नुभएको छ ।

वडा नम्बर ५ मा नेकपा एमालेका गोविन्द बानियाँ, नेपाली काँग्रेसका यामबहादुर बानिया र नेकपा माओवादी केन्द्रका खड्के दमै, ६ को वडा अध्यक्षमा मा एमालेका कृष्णबहादुर बानिया, माओवादीका नगेन्द्रबहादुर खत्री र रमेशबहादुर थापा स्वतन्त्र उमेद्वार बन्नुभएको छ ।
वडा नम्बर ७ मा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ, नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ र स्वतन्त्र कृष्णबहादुर शाक्य, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, काँग्रेसका हिमबहादुर भण्डारी, ९ मा एमालेका मनबहादुर खड्का र काँग्रेसका चक्रबहादुर केसी, १० मा एमालेका मसविर रोका र काँग्रेसका शिवबहादुर शाही उमेद्वार बन्नुभएको छ ।

एमालेबाट मेयरका उमेद्वार बनेका केसी यातायात ब्यवसायी, निजी विद्यालय सञ्चालक, रेडक्रसमा आवद्ध हुनुहुन्छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका दुई कार्यकाल अध्यक्ष समेत भएका केसी बेनी नगरपालिका–५ का स्थायी बासिन्दा हुनुहुन्छ । नेकपा एमाले म्याग्दीका सचिव समेत हुनुहुन्छ ।

कानुन ब्यवसायी रहेका काँग्रेसका उमेद्वार शर्मा काँग्रेसको महाधिवेशन प्रतिनिधी हुनुहुन्छ । म्याग्दी बहुमुखी क्याम्पसमा अध्यापन गराएका शर्मा बेनी नगरपालिका १० का स्थायी बासिन्दा हुनुहुन्छ । नाताले केसी र शर्मा मामाभान्जा पर्नुहुन्छ । उहाँहरुको पारिवारिक नाता छ ।

बेनपा ६ निवासी एमालेकी उप्रमुखकी उमेद्वार शाही अनेमसंघको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । बेनपा ६ कै स्थायी बासिन्दा माओवादी केन्द्रकी उमेद्वार पौडेल माओवादीकी प्रदेश कमिटि सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष हुनुहुन्छ । राप्रपाका उमेद्वार रावल राप्रपाका गण्डकी प्रदेश सदस्य हुनुहुन्छ ।

सवैजसो उमेद्वारहरुले पूर्वाधार, शिक्षा, स्वास्थ्य, आयआर्जन, पर्यटन, सामाजिक रुपान्तरणका मुद्दालाई प्राथमिकता दिएका छन् । बेनपा ३ मा पदम पुन, ६ मा कृष्णसिंह बानिया, ७ मा राजेन्द्र श्रेष्ठ दोस्रो पटक वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ । बेनपा १ का टेकबहादुर थापा, ३ मा गेमबहादुर घर्तिमगर र ८ मा हिमबहादुर भण्डारी वडा सदस्यबाट अध्यक्षको उमेद्वार बन्नुभएको हो ।

गत चुनावमा बेनीमा एमालेले ८ र काँग्रेसले १ वटा वडा जितेका थिए । स्वतन्त्रबाट बेनपा–३ भकिम्लीको वडा अध्यक्ष जितेका पदम पुन अहिले माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

काँग्रेसका मेयरका उमेद्वार हरिकुमार श्रेष्ठले ५६७९ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उमेद्वारहरुले चार हजार ५५६ मत ल्याएका थिए । एमालेका प्रमोद श्रेष्ठले मेयरमा ५६३४ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले कुल ५३९३ मत ल्याएका थिए ।
मेयरका स्वतन्त्र उमेद्वार पृथीप्रसाद पुनले २६६ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेका राप्रपाका सञ्जु बरुवालले ३९९५ मत ल्याएर बिजयी हुँदा १ नम्बर वडामा राप्रपाका वडा अध्यक्षका उमेद्वारले २२२ मत ल्याएका थिए ।
काँग्रेससँग तालमेल गरेका माओवादीका ज्योती लामिछाने पौडेलले उपमेयरमा ३९६१ मत पाउँदा हाल माओवादीमा रहेका स्वतन्त्र उमेद्वार सहित माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १७४२ मत ल्याएका थिए ।
एमालेले आफ्नो बलीयो संगठन र लोकप्रिय उमेद्वारलाई जितको आधार भएको दावी गरेका छन् । काँग्रेसले विगतको तुलनामा संगठन सुधारेर एमालेकै हाराहारीमा बनाएको, माओवादीसँग तालमेल गरेको र सक्षम उमेद्वार बनाएकाले जित्ने दावी गरेका छन् । माओवादीले पुराना माओवादी घटकहरु एकिकृत भएका, संगठन सुदृढ भएको, उमेद्वार लोकप्रिय भएका र तालमेललाई जितको आधार मानेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...