एमालेका उमेद्वारको चुनाव प्रचार तिब्र

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेका उमेद्वार र नेताहरुले चुनाव प्रचारलाई तिब्रता दिएका छन् । छ वटै पालिकाको विभिन्न ठाउँमा आइतबार चुनावी सभा, घरदैलो र मतदाता भेटघाट गरेका छन् ।

बेनपा–९, घतानको तोरीपानी, डावा र नेप्टेचौरमा चुनावी आमसभा, घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले गाउँगाउँमा बजेट पठाउने, ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षाभत्ता दिने, विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने र स्वदेशमै युवा स्वरोजगारको सिर्जना गर्नका लागि एमालेको पक्षमा मतदान गनुपर्ने बताउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य सन्तोष रावलले समग्र बेनी नगर क्षेत्रको विकास गर्न एमालेले जित्नुपर्नेमा जोड दिनुभयो । एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले एमालेसँग अन्य पार्टीको तुलना हुन नसक्ने भन्दै देश विकास गर्ने स्पष्ट भिजन एमालेसँग मात्रै भएकाले आसन्न निर्वाचनमा एमालेका उम्मेदवाहरुलाई मतदान गरी विजयी बनाउन मतदातालाई अपिल गर्नुभयो ।

Shreekrishna

एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले यसअघि नेपाली कांग्रेसले बेनी नगरपालिकाको नेतृत्व जितेर पनि काम गर्न नसकेकाले अब एमालेको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले नगर क्षेत्रको विकास तथा नागरिकको पक्षमा काम गर्ने आफूहरुको स्पष्ट भिजन भएकाले आफूहरु नेतृत्वको एमालेको टिमलाई मत दिएर विजयी बनाउन मतदातासमक्ष आग्रह गर्नुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कार्यक्रममा घतानका वडाध्यक्ष बेलबहादुर चोखाल, वडाध्यक्षका उम्मेदवार मनबहादुर खड्का, स्थानीय नेताहरु बुद्धिबहादुर चोखाल, रुद्र रेग्मी र आनन्द रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एमाले घतानका वडा कमिटी उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता र बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी नेता मिलन खत्रीले स्वागत गर्नुभएको थियो । यसैगरी बेनपा–९, घतानको ढोल्ठानमा घरदैलो कार्यक्रम गरी उम्मेदवारसहितको टोलीले मतदातालाई भेटेर एमाले पार्टी र आफ्नो पक्षमा मत मागेका छन् ।

यसैबीच पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर पनि आज चुनावी आमसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताउँदै जनतालाई ढुक्क भएर एमालेको पक्षमा मतदान गर्न आहवान गर्नुभयो ।

मंगला गाउँपालिकाको निवर्तमान अध्यक्ष तथा अध्यक्षका प्रत्यासी सतप्रसाद रोकाले यसअघि पालिकामा अधुरा रहेका योजना तथा बाँकी कामलाई पुरा गर्नका लागि आफू पुनः चुनावी मैदानमा होमिएको बताउँदै आम मंगलावासीले अमूल्य मत दिएर विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । उपाध्क्षका प्रत्यासी प्रेमकुमारी क्षत्री (पेमा)ले लक्षित वर्गको योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा महिलाको आर्थिक सशक्तिकरण गर्नेलगायत आफ्नो योजना रहेको सुनाउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य भूपेन्द्र बुढाथोकी, अनेमसंघ म्याग्दीका अध्यक्ष यशोदा रोका, एमाले जिल्ला सदस्य बाबुराम आचार्यले मन्तव्य राखेको कार्यक्रम बाबियाचौर वडा कमिटी अध्यक्ष जीवन शर्माको अध्यक्षता, वडाध्यक्षका उम्मेदवार धनबहादुर खातीको स्वागत र पालिका कमिटी सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस्तै चुनावी कार्यक्रमअन्तर्गत एमालेले आजै अन्नपूर्ण गाउँपालिकाको शिख, रघुगंगाको राखुभगवती, मालिकाको देवीस्थान र धवलागिरिको ताकमलगायत स्थानमा चुनावी आमसभा, घरदैलो जस्ता कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...