म्याग्दीमा मदिरा निषेध, प्रशासन लगायत सरकारी कार्यालयको सेवा आंशिक स्थगित

Sinchai Khanipani notice

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी शुक्रबार वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावलाई लक्षित गरेर मादक पदार्थ बिक्री–वितरण र सेवन गर्न गराउन निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आइतबार सूचना जारी गरेर स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित एवं विश्वसनीय बनाउन मदिरा निषेध गरिएको जानकारी गराउनुभएको हो ।

२०७९ वैशाख २७ गतेदेखि निर्वाचन कार्य सम्पन्न नभएसम्मको लागि मादक पदार्थ बिक्री–वितरण एवं सेवन गर्न गराउन निषेध गरिएको प्रजिअ रानाद्धारा जारी सूचनामा उल्लेख छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी जिल्ला प्रशासन, स्थानीय तह लगायत कार्यालयहरुको सेवा प्रवाह आंशिक रुपमा स्थगित हुने भएका छन् । कर्मचारीहरु निर्वाचन सम्बन्धी कार्यको लागि खटिनुपर्ने भएकाले प्रशासनको सेवा आंशिक रुपमा स्थगित गरिएको छ । ्

नागरिकता प्रमाणपत्र, नावालक परिचयपत्र, राष्ट्रिय परिचय–पत्र, राहदानी र पेन्सन तथा अन्य सिफारिस÷प्रमाणित सम्बन्धी कार्यहरु सोमबार देखि वैशाख ३० गतेसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी यही वैशाख ३१, जेठ १ र २ गते पनि सार्वजनिक विदा परेकाले सो पछि मात्र सेवा प्रवाह सूचारु हुने प्रशासनले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...