ताकममा गठबन्धनको चुनावी सभा, विभेदरहित सेवा र सन्तुलित विकासको प्रतिवद्धता

Shreekrishna hardware

ताकम, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् ।

सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मिचेर संसद बिघटन गर्ने, अराजकता मच्चाउने, भ्रष्ट्राचार र बेतिथि निम्त्याउने ओली प्रवृतिका विरुद्ध बनेको गठबन्धनका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो ।

नेपालमा राजनीतिक परिवर्तन र जनहितका लागि यसअघि पनि राजनीतिक दलहरुबीच सहकार्य भएको इतिहाँसको स्मरण गर्दै नेता बानियाले आसन्न चुनावमा काँग्रेसले माओवादी र माओवादीले काँग्रेसका उमेद्वारलाई जिताउन हिचकिचाउन नपर्ने बताउनुभयो ।

Shreekrishna

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुनले धवलागिरी गाउँपालिकाको प्राकृतिक स्रोत साधनको परिचालन गरेर सम्बृद्ध र विकसित बनाउन आफू चुनावी प्रतिस्पर्धामा आएको बताउनुभयो ।

“संसारको सातौ अग्लो धवलागिरी, गुर्जा, चुरेन लगायत हिमाल, ढोरपाटन शिकार आरक्ष लगायत धेरै पर्यटकीय स्थलमा विकास गर्नुपर्ने छ,” उहाँले भन्नुभयो “जलविद्युत आयोजना भित्र्याउने, रोजगारी सिर्जना गराउने, प्रदेश र संघीय सरकारबाट नियमितका अलावा अतिरिक्त बजेट भित्र्याएर पूर्वाधार निर्माण गरी विकसित गाउँपालिका बनाउने योजना छ ।”

Ban devision notice

गाउँपालिका उपाध्यक्षका उमेद्वार माओवादी केन्द्रका रेशम पुनले भूगोल, जाती र राजनीतिबाट माथि उठेर समग्र गाउँपालिकालाई समान हिसाबले सोच्ने तथा सेवाप्रवाहलाई विभेदरहित, विकासलाई पारदर्शी बनाएर शुसासन कायम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अध्यक्ष र उपाध्यक्षका उमेद्वार पुनद्धयले जडिवुटी, पशुपालन, पर्यटन, कृषि र खनिज सम्भावनालाई विकास तथा आर्थिक सामाजिक रुपान्तरणमा परिचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

माओवादी केन्द्रबाट वडा अध्यक्षका उमेद्वार अशोक खत्रीले शिवाङमा क्याम्पस चलाउने, इलेक्ट्रिकल इञ्जिनियरीङ पढाई हुने ताकम माविलाई ब्यवस्थित गराउने, ताकमकोतलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउने, सडक, खानेपानी, विद्युत, सिचाई सुविधाको विस्तार तथा वडाबाट हुने सेवा प्रवाहलाई छिटो छरिटो बनाउने प्रतिवद्धता जनाउनुभयो ।


चुनावी सभामा काँग्रेसका नेता तमबहादुर थापा, तेजिन्द्र थापा, याम हर्मेल, माओवादीका प्रदेश सदस्य खुमनाथ सुवेदी, अर्जुन थापा, यामन रोका, किरन थापा लगायतले सम्बोधन गर्दै गठबन्धनका उमेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित महिला वडा सदस्यका उमेद्वार नरकुमारी बुढाथोकी, दलित महिला सदस्य डिलकुमारी बिक, खुल्ला सदस्य बिरबहादुर सुनार र रामबहादुर खत्री सहितको टोलीले आइतबार धवलागिरी गाउँपालिका–७ धारापानीमा घरदैलो, मतदाता भेटघाट र कोणसभा गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...