चुनाव प्रचार मतदाता शिक्षामा केन्द्रित, केन्द्रिय नेताहरु गाउँ गाउँमा

Shreekrishna hardware

बेनी, आगामी शुक्रबार हुन लागेको स्थानीय तह चुनावको प्रचारलाई म्याग्दीका उमेद्वार र दलहरुले मतदाता शिक्षामा केन्द्रित गरेका छन् ।

मनोनयन दर्तापछि सभा र घरदैलो गरिसकेका उमेद्वारहरुले मतदाता भेटघाट गरेर मतदान गर्ने तरिका सिकाउन केन्द्रित भएका हुन् । वदर हुन नदिनका लागि मतदातालाई मत संकेत र दान गर्ने तरिकामा जोड दिएका हुन् ।

घरदैलो गर्न आउने उमेद्वार र कार्यकर्ताहरुले चिन्हमा संकेत गर्ने र वदर नहुने गरि बाकसमा खसाल्ने तरिका सिकाएका मतदाताले बताएका छन् ।

Shreekrishna

आफ्नो चुनाव चिन्ह देखाउदै वदर नहुनेगरी संकेत गर्न र बाकसमा खसान्ने तरिका सिकाउने गरेका छन् । यसपालीको चुनाव मतदाता शिक्षामा केन्द्रित भएको छ । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीका ६ स्थानीय तह र ४५ वटा वडामा निर्वाचित हुने २३५ पदका लागि ७१८ उमेद्वार चुनावी मैदानमा छन् ।

Ban devision notice

चुनावी सभामा पनि गित, नृत्य र नाटक मार्फत आफ्नो चिन्हमा मतदान गर्ने तरिका सिकाएका छन् । सात वटा पदका लागि मतदान गर्नेुपर्ने स्थानीय तह चुनावमा कतिपय ठाउँमा विभिन्न दलहरुले तालमेल गरेर उमेद्वार बनाएकाले मतदाता शिक्षामा केन्द्रित भएका हुन् ।

गत स्थानीय तह चुनावमा खसेको मध्य रघुगंगामा ९०, मालिकामा ९७, मंगलामा ९८, बेनीमा ८९, धवलागिरीमा ८० र अन्नपूर्णमा ९७ प्रतिशत मात्र मत सदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । अन्नपूर्णमा २८०, धवलागिरीमा ११६१, बेनीमा १५३९, मंगलामा १८०, मालिकामा २११ र रघुगंगामा ७६० मत पूर्ण रुपमा बदर भएको थियो ।

यसैबीच स्थानीय तह निर्वाचनको प्रचारका लागि म्याग्दीमा केन्द्रित तहका नेताहरु पनि परिचालन भएका छन् । नेकपा एमालेका स्थायी कमिटि सदस्य थममाया थापा, केन्द्रिय सदस्य भुपेन्द्र थापा, नरदेवी पुन र गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा म्याग्दीका विभिन्न पालिका तथा वडामा आफ्ना उमेद्वारलाई मत माग्न खटिनुभएको छ ।

नेपाली काँग्रेसले शुक्रबार केन्द्रिय सहमहामन्त्री जिवन परियारलाई ल्याएर रघुगंगा गाउँपालिकाको वडा नम्बर २ भगवतिमा पालिका स्तरीय सभा गरेको छ । काँग्रेसका संविधानसभा सदस्य रेशमबहादुर बानिया, माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सांसद विनोद केसी, राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचन, जगत गौचन लगायतका नेताहरु पनि जिल्लामै चुनाव प्रचारमा परिचालन हुनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...