गोविन्द र गमबहादुरले बरंजामा एउटै मञ्चबाट माओवादीलाई भोट मागे

Gandaki Pardesh notice

बरंजा, म्याग्दीका माओवादी नेता गोविन्द पौडेल र गमबहादुर श्रीसले शनिबार एउटै मञ्चमा उभिएर नेकपा माओवादी केन्द्रका उमेद्वारलाई मत माग्नुभएको छ ।

मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै केही समयअघिसम्म विप्लप नेतृत्वको नेकपामा क्रियाशिल श्रीसले परिवर्तनको मुद्दालाई संस्थागत गर्न माओवादीका उमेद्वारलाई जिताउन अपिल गर्नुभयो ।

वि.स. २०६३ को अन्तरिम संसदका सदस्य र २०६४ मा माओवादीबाट संविधानसभा सदस्य रहेका श्रीस र नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेल करिब दश वर्षपछि एउटै मञ्चमा देखिदाँ माओवादी नेता कार्यकर्ताहरु उत्साहित भएका छन् ।

Shreekrishna hardwear in news

उहाँहरुले माओवादी विभाजित हुँदा परिवर्तनलाई स्विकार गर्न नचाहने कांग्रेस र एमालेले नेतृत्वको अवसर पाएकाले अव माओवादी घटकहरु एकतावद्ध हुनुपर्ने धारणा राख्नुभएको थियो ।

Bhautik ministry notice about road

बरंजाका बासिन्दा समेत रहनुभएका श्रसिले देशको अवस्था परिवर्तन गर्न माओवादी केन्द्रका उम्मेद्वारलाई मतदान गर्न अपिल गर्नुभयो । माओवादीले मंगला गाउँपालिकाको अध्यक्षमा प्रदेश कमिटि सहसचिव टेकबहादुर बिक (सुवास) र उपाध्यक्षमा जनयुद्धमा भूमिगत भएकी कार्यकर्ता सुकमाया रोकालाई उमेद्वार बनाएको छ ।

सभामा गाउँपालिका अध्यक्ष उम्मेदवार विकले वडोदेखि गाउँपालिकासम्म माओवादी केन्द्रलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभएको थियो । उहाँले मंगला गाउँपालिकामा सबै नागरिकलाई समान किसिमले विभेदरहित, छिटो छरितो सेवा प्रवाहको वातावरण निर्माण गर्ने, शुसासन कायम गर्ने र पूर्वाधार विकासलाई दिगो बनाउने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार सुनमाया रोकामगरले देशको अवस्था परिवर्तन गर्न ब्यवस्था फेरेको माओवादीको नेतृत्व आवश्यक पर्ने बताउनुभयो । चुवानी सभामा वडानम्वर ३ र ४ का वडाअध्यक्ष उम्मेदवार याम रोका, मनमाया चोचाङ्गी लगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो ।

गाउँपालिका कमिटी उपाध्यक्ष मोहनलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई जिल्ला इन्चार्ज पौडेलले स्वागत एवम् सम्मान गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...