मल्लाजमा गठबन्धनको चुनावी सभा

Shreekrishna hardware

मल्लाज, २४ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनले शनिबार पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा चुनावी सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी र नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्यालले संबिधान र प्राप्त राजनीतिक उपलब्धीको रक्षाका लागि बनेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

गठबन्धनलाई संविधानको कार्यान्वयन, शान्ति प्रक्रीयाका बाँकी काम पुरा गर्ने, संघीयताको संस्थागत, देश विकास र सम्बृद्धीका लागि निरन्तरता दिनुपर्ने भन्दै उहाँहरुले इमान्दार भएर गठबन्धनका उमेद्वारलाई जिताउने अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Shreekrishna

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले आफ्नै पार्टीको दुई तिहाई नजिकको संसद विघटन गर्ने जस्तो असंबैधानिक कदम चाल्ने एमालेबाट नेपाललाई बचाउन गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभयो ।

Ban devision notice

नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य तथा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले आफ्नो कार्यकालमा थालिएका दुरगामी महत्वका सडक, खानेपानी, भवन लगायत योजनालाई पूर्णता दिएर जलजलालाई विकसित बनाउन गठबन्धनलाई जिताउन आव्हान गर्नुभयो ।

नेपाली काँग्रेसका पुराना नेता भवानीशंकर पौडेलले चुनावी तालमेल र गठबन्धन नौलौ विषय नभएको बताउदै आसन्न चुनावमा माओवादीले काँग्रेसलाई र काँग्रेसले माओवादीका उमेद्वारलाई मतदान गर्न कुनै हिचकिचावट मान्नु नपर्ने बताउनुभयो ।

गठबन्धनका तर्फबाट जलजला गाउँपालिका अध्यक्षका उमेद्वार काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षका उमेद्वार माओवादीका दिपक आचार्यले भ्रष्ट्राचार विरुद्ध शुन्य शहनशिलता अपनाउने, जनप्रतिनिधी र कर्मचारीलाई जवाफदेही, उत्तरदायी, सेवा प्रवाहलाई सरल, विकास निर्माणलाई पारदर्शी र जनसहभागितामुलक बनाउने प्रतिवद्धता जनाउनुभयो । सभा भन्दा अघि पाँच दलीय गठबन्धनका कार्यकर्ताहरुले मल्लाजमा मोटरसाइकल सहितको ¥याली गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...