कांग्रेस पहिलो दल हुन्छ ः सह–महामन्त्री परियार

Add Samajik bikash office

भगवति, । नेपाली कांग्रेस सह–महामन्त्री जीवन परियारले आसन्न स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो दल बन्ने बताउनु भएको छ ।
रघुगंगा गाउँपालिका–२ भगवतिमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता परियारले काग्रेसले दलित समुदायलाई अवसर दिएको र सम्मान गरेको बताउनुभयो ।
‘म एउटा दमाइको छोरो भएर अहिले पाटीको सह–महामन्त्री भएको छु, उहाँले भन्नुभयो, ‘अहिले सम्म नेपाली कांग्रेसले जस्तो दलित समुदायलाई समेटर अघि अहिले सम्म कसैले लगेको छैन ।’
त्यस्तै नेपाली कांग्रेसको पूर्व पाटी सभापती संविधान सभा सदस्य रेशम बहादुर बानियाँले अहिलेको चुनावमा हरेका स्थानमा कांग्रेसको जनलहर भएको बताउदै अन्य पाटीले जितेको पालिका र रघुगंगा गाउँपालिकाको विकासको गति गर्न आग्रह गर्दै एक पटक पुनः भबबहादुर भण्डारीको टिमलाई जिताउन आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भव बहादुर भण्डारीले पहिलो पाँच बर्षमा विकासको जग थापेको र यस पटक भोट दिएर त्यी विकासका काम पुरा गर्ने अवसर दिन आग्रह गर्नुभयो । उहाँले पाँच बर्षको अवधिमा एक रुपैयाँको पनि आफुबाट भ्रष्टचार भएको प्रमाणीकरण गर्नु चुनौती दिदै जनताको सामु आफ्नो हारको मानसिकता भएर विपक्षीले नकारात्मक प्रचार गरेको आरोप लगाउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार प्रेमकुमारी पुनले आफुले विभिन्न संघ संस्थामा र विद्यालयमा बसेर जनताको र विद्यार्थीको सेवा गरेको बताउदै यस पट भोट दिएर पालिकाको जनताको सेवा गर्ने अवसर दिन अनुरोध गर्नुभयो । उहाँले आफु कुनै समय भगवतीको खेलमैदानमा भलिबल खेलेर जित हासिल गरेको सम्झदै यस पटक पालिकामा आफुहरुको जित हुनेमा विस्वत रहेको बताउनुभयो ।
वडा नं. २ मा वडा अध्यक्षको प्रत्यासी लोक बहादुर भण्डारीले यस पटक आफुलाई भोट दिएर भाषण भन्दा काम गरेर देखाउने अवसर दिन आग्रह गर्नुभयो । उहाँले वडाका हरेक बस्तीमा बाह्रै महिना सवारी सञ्चालन हुने सडक विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका उप सभापती केबी भण्डारी, कांग्रेसको निर्वाचन क्षेत्र (क) का सभापती ओम छन्त्याल, महाधिवेशन प्रतिनिधि शिब केसी, नेपाली कांग्रेस रघुगंगा पालिकाका सभापती मनकुमार शेरपुजा, अजय मिलन श्रेष्ठ लगायत बोल्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...