राप्रपाबाट धवलागिरीको अध्यक्षको उमेद्वार बनेका थापालाई एमालेको कारबाही

Gandaki Pardesh notice

बेनी, । नेकपा एमाले म्याग्दीले राप्रपाबाट धवलागिरी गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका होमबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।
एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पार्टिहित विपरित अनुशासन हिन कार्य गरेकाले पार्टी बिधानको धारा ८० को उपधारा ६ बमोजिम कारबाही गरिएको जानकारी गराउनुभएको छ । नेकपा एमालेको धवलागिरी गाउँपालिका कमिटीका पुर्व अध्यक्ष रहेका थापाले यही वैशाख १२ गते राप्रपाबाट गाउँपालिका अध्यक्षमा उमेद्वारी दर्ता गराउनुभएको थियो ।

Bhautik ministry notice about road

स्थानीय तह चुनावमा एमालेले टिकट नदिएपछि थापा राप्रपाबाट उमेद्वार बन्नुभएको हो । धवलागिरी गाउँपालिका ७ धारापानी निवासी थापा लामो समयदेखि एमालेमा क्रियाशिल हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...