देविस्थानको गाइखर्कमा अफिम नष्ट

Gandaki Pardesh notice

बेनी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको गाईखर्कमा प्रहरीले लागू औषध अफिमका बोट नष्ट गरेको छ । करिब पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएका म्यादी प्रहरी सहित २५ जनाको टोलीले अफिम नष्ट गरेको हो । अफिम खेती गरेको सूचनाको आधारमा प्रहरी टोली पुगेर नष्ट गरेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...