तातोपानी, कुहुँ, डाडागाउँ, खिवाङ र मान्द्रेढुङामा एमालेको चुनाव प्रचार

Gandaki Pardesh notice

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले स्थानीय तह चुनाव प्रचार अन्तरगत बिहिबार म्याग्दीका सवै स्थानीय तहका विभिन्न ठाउँमा पालिका स्तरीय सभा, भेटघाट र घरदैलो गरेका छन् ।

वडा नम्बर ५ मा वडा अध्यक्षका उमेद्वार गोविन्द बानिया सहित बेनी नगरपालिका–चिप्लेटी र काउलेमा बिहान घरदैलो गरेका एमालेका बेनी नगरको मेयरका उमेद्वार सुरत केसी र उपमेयरका उमेद्वार पशुपति शाहीले ४ नम्वर वडाका अध्यक्ष देवेन्द्रबहादुर बानिया लगायत उमेद्वारहरुको उपस्थितिमा दिउँसो तातोपानीको चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

नगरपालिकाको सभामा सहभागी भएर मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पालिका अध्यक्षका उमेद्वार बेगप्रसाद गर्बुजा र उपाध्यक्ष लक्ष्मीदेवी पुन सहितको टोलीलाई भोट माग्न डाडागाउँ पुगेका एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद भुपेन्द्र थापाले एमाले विकासको च्यापीएन भएको दावी गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मंगला गाउँपालिका अध्यक्षका उमेद्वार सतप्रसाद रोका, उपाध्यक्षकी पेमा अधिकारी र वडा अध्यक्ष एकजित रोका लगायतलाई भोट माग्न वडा नम्बर १ कुहुँ पुगेकी एमाले म्याग्दीका सहइञ्चार्ज नरदेवी पुनले मंगालमा अहिलेपनि एमालेले जित्ने घोषणा गर्नुभयो ।

धवलागिरी गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति कार्कीको टोलीले वडा नम्बर ४ को खिवाङमा चुनावी सभा र घरदैलो गरेर मत माग्नुभयो । अध्यक्षका उमेद्वार पुनले आफ्नो जन्मथलो खिवाङमा उच्च प्राथमिकताका साथ विकास निर्माणमा जोड दिएको वताउनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उमेद्वार भारतकुमार पुन र उपाध्यक्षकी दिवाकुमारी पुन र वडा नम्बर २ का अध्यक्षका उमेद्वार ओमप्रकाश फगामीको टोलीले भुरुङ्ग तातोपानीको मान्द्रेढुङ्गामा चुनावी गरेका छन् । एमालेका जिल्ला र प्रदेश स्तरका नेताहरु पालिकाका उमेद्वार जिताउन परिचालन भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...