भकिम्ली, मल्कवाङ र काभ्रेमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

Gandaki Pardesh notice

बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारहरुको टोलीले बिहिबार म्याग्दीको विभिन्न ठाउँमा चुनाव प्रचारप्रसार गरेका छन् ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि दुई दलका साझा उमेद्वारहरुले बेनी नगरपालिकाको भकिम्ली, धवलागिरीको मल्कवाङ र अन्नपूर्णको काभ्रेमा घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका हुन् ।

बेनी नगरपालिकामा काग्रेसको तर्फबाट मेयरका उमेद्वार चिरञ्जिवी शर्मा, उपमेयरका उमेद्वार ज्योती लामिछाने पौडेलको टोलीले भकिम्लीमा संयुक्त चुनावी सभा गरेर मतदानका लागि आव्हान गर्नुभएको छ ।

Shreekrishna hardwear in news

सो सभामा काँग्रेसका नेता तथा संविधानसभा सदस्य रशेमबहादुर बानिया, भकिम्लीमा काँग्रेसका वडा अध्यक्षका उमेद्वार होमबहादुर रोका, माओवादीका वडा अध्यक्षका उमेद्वार पदम पुन र वडा सदस्यका उमेद्वारहरुले प्रचारप्रसार गर्नुभएको थियो ।

Bhautik ministry notice about road

मेयर र उपमेयरका उमेद्वार पौडेलद्धयले आफुहरु जनताको सुःखदुखमा सधै सँगै रहेको, नगरका सवै भूगोलको सन्तुलित विकास, शुसासन र सम्बृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

धवलागिरी गाउँपालिका अध्यक्षमा काँग्रेसका प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा नम्बर ५ का अध्यक्षका उमेद्वार अमर छन्त्याल र सदस्यका उमेद्वारहरुले मल्कवाङमा घरदैलो र मतदाता भेटघाट गर्नुभएको छ ।

उमेद्वार पुनद्धयले गाउँपालिकाको सेवा र विकासलाई विभेदरहित तथा सन्तुलित बनाउने, स्थानीय स्रोत साधन परिचालन गरेर रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउने प्रतिवद्धता जनाउनुभयो । सो कार्यक्रममा काँग्रेसका नेता धनबहादुर छन्त्याल, ओम छन्त्याल लगायतको उपस्थिति थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उमेद्वार बलबहादुर तिलिजा पुन र उपाध्यक्षका उमेद्वार ललीता तिलिजाको टोलीले मुस्ताङको सिमानामा पर्ने काभ्रे र कोप्चेपानीमा मतदाता घेटघाट र घरदैलो गर्नुभउको छ ।

सो क्रममा सात जना एमालेका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएको काँग्रेसका महाधिवेशन प्रतिनिधी पुनम मगरले जानकारी दिनुभयो । वडा नम्बर ३ का अध्यक्षका उमेद्वार सुरत केसी, ४ का अध्यक्षका उमेद्वार लोकबहादुर फगामी, माओवादी केन्द्रका नेता बागबिर पाइजा लगायतको उपस्थितिमा घरदैलो गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...