अदिभारामा बाली उपचार शिविर

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा बाली उपचार शिविर सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा बुधबार शिविर सञ्चालन भएको थियो । शिविरमा ४५ जना कृषकहरुले सेवा लिएका कृषि ज्ञान केन्द्रका प्राबिधिक श्यामशरण कुर्मीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

केन्द्रका बाली संरक्षण अधिकृत निर्मला कटुवाल, गाउँपालिकाका कृषि अधिकृत शिक्षित पराजुली र प्राबिधिक कुर्मीले सेवा दिनुभएको थियो । अदिभारा, औल, रुम, निस्कोट, फुलबारी, च्युरीबोट, इग्रे, महभिर, ओखरबोटका कृषकहरुले सेवा लिएका थिए ।

Shreekrishna hardwear in news

रोगकिराको समस्या देखिएका फलफुल, खाद्यबाली र तरकारीका बिरुवाको नमुना ल्याएर परिक्षण गर्न आएका थिए । समस्या समाधानका लागि विषादी वितरण, जैविक विषादीको प्रयोग गर्ने बिधी र परामर्श दिइएको थियो । सो क्षेत्रमा आलु र मकै बालीमा किराको समस्या देखिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...