मंगलामा त्रिपक्षीय प्रतिस्पर्धा

Gandaki Pardesh notice

बाबियाचौर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मंगलामा प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेशनल मंगोल अर्गनाइजेशनले पनि अध्यक्ष, उपाध्यक्ष लगायत केही पदमा उमेद्वार बनाएका छन् ।

पाँच वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उमेद्वार प्रतिस्पर्धामा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्षमा ५, उपाध्यक्षमा ४, ववडा अध्यक्षमा १९, खुल्ला सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १८ जना उमेद्वार छन् । आठ वटा मतदान स्थल र १७ वटा केन्द्र भएको मंगलामा १३ हजार ४१६ मतदाता छन् ।

Shreekrishna hardwear in news

गाउँपालिका अध्यक्षमा एमालेका सतप्रसाद रोका, नेपाली काँग्रेसका बिरेन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका टेकबहादुर बिक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मंगोल अर्गनाइजेशनका गिरु रोका चुनावी मैदानमा हुनुहुन्छ ।

उपाध्यक्षमा नेकपा एमालेकी प्रेमकुमारी क्षेत्री, नेपाली काँग्रेसका सर्मीला थापा, नेकपा माओवादी केन्द्रका सुकमाया रोका र राप्रपाकी बिन्दु मल्ल उमेद्वार बन्नु भएको छ । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ कुहुँको वडा सदस्यकी उमेद्वार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा जेष्ठ उमेद्वार हुनुहुन्छ ।

एमालेबाट मंगलाको अध्यक्षमा उमेद्वार बन्नुभएका रोका यसअघिको चुनावमा सोही पार्टीबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा नम्बर ३ सातविसे घर भई हाल पालिकाको केन्द्र बाबियाचौरमा बस्दै आएका रोका एमालेको गाउँपालिका कमिटिको पनि अध्यक्ष हुनुहुन्छ ।

सतप्रसादले वि.स २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन बाबियाचौर गाविसको अध्यक्षको उमेद्वार बन्नका लागि १६ वर्षे स्थायी शिक्षक पदबाट राजीनामा दिनुभएको थियो । तर काँग्रेससँग तालमेल गर्नुपर्ने भएकाले गाविस अध्यक्षमा उमेद्वार बन्न पाउनुभएन् ।
काँग्रेसबाट गाउँपालिका अध्यक्षका उमेद्वार वडा नम्बर ५ अर्मनका बुढाथोकीको राजनीतिक पृष्ठभूमि कम्प्युनिष्ट पार्टी हो । वि.स. २०४७ मा एमाले निकट अनेरास्ववीयुको जिल्ला सचिव, २०५३ देखि एमालेको राजनीतिमा लागेका आइएससी अध्ययन गरेका रोका २०७६ मा माओवादीबाट काँग्रेस प्रवेश गर्नुभएको थियो । उहाँ २०५६ मा नेपाल मगर संघको जिल्ला सचिव बन्नुभएको थियो । नेपाली काँग्रेसको मंगला गाउँपालिका कार्यसमितिका सचिव बुढाथोकी काँग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघको गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

माओवादीका अध्यक्षका उमेद्वार विक मंगला गाउँपालिका–४ बुकेनीका हुनुहुन्छ । बिक माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटि सहसचिव हुनुहुन्छ । दश वर्षे जनयुद्धमा सहभागी भएका विक प्रमुख पदमा उमेद्वार बन्ने सिमित दलित उमेद्वार मध्य पर्नुहुन्छ । दलित मुक्तिमोर्चाको गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका बिक दलित समुदायको अगुवाका रुपमा चिनिनुहुन्छ ।

Bhautik ministry notice about road

वडा नम्बर ४ कै राप्रपाका शेरचन पनि सो पार्टीका पुराना कार्यकर्ता र पुर्व भलिबल खेलाडी हुनुहुन्छ । एमालेकी उपाध्यक्षकी उमेद्वार खत्री वडा नम्बर २ बाबियाचौर निवासी हुनुहुन्छ । उहाँ एमालेको पुरानो कार्यकर्ता हो । काँग्रेसबाट उपाध्यक्षको उमेद्वार बनेकी थापा वडा नम्बर ३ की हुनुहुन्छ । माओवादीबाट उपाध्यक्षबाट उमेद्वार हुनुभएकी सुकमाया जनयुद्धमा भूमिगत कार्यकर्ता हो । दिवंगत भइसकेका उहाँका श्रीमान ओमबहादुर रोका वि.स. २०७४ को चुनावमा माओवादीबाट वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर १ मा एमालेले एकजित रोका, काँग्रेसले रिप्रसाद पुन (रवी), माओवादीले पृथीलाल विक र राप्रपाले नरबहादुर घर्तीमगरलाई उमेद्वार बनाएका छन् । २ मा एमालेबाट धनबहादुर खाती, काँग्रेसबाट श्रीराम पौडेल, माओवादीबाट कुलबहादुर पुन र राप्रपाका बिनोद केसी उमेद्वार बन्नुभएको छ ।

वडा नम्बर ३ मा एमालेका कबिन्द्र रोका, काँग्रेसका टेकबहादुर छन्त्याल, माओवादी केन्द्रका यामबहादुर रोका र राप्रपाका सिंहप्रसाद तुलाचन उमेद्वार बनेका छन् । ४ मा एमालेकी लक्ष्मी बुढाथोकी, काँग्रेसका लालबहादुर रोका, माओवादीका मनमाया चोचाङ्गी र राप्रपाका रनबहादुर रोका चुनावी मैदानमा आउनु भएको छ ।

वडा नम्बर ५ मा एमालेका भुपेन्द्र खत्री, काँग्रेसका बलबहादुर खड्का र माओवादीका अस्तमान घर्ति चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेबाट २ का खाती, ३ का रोका र ५ का खत्री दोहो¥याएर उमेद्वार बन्नुभएको हो । वडा नम्बर ३ का र गाउँपालिकाका अध्यक्षका उमेद्वार रोकाद्धय सहोदर दाजु भाई हुनुहुन्छ ।

दोस्रो पटक पालिका अध्यक्ष बन्न चुनावी मैदानमा उत्रिएका एमालेका रोकाले पहिलो कार्यकालमा शुरु गरेका अधुरा योजनालाई पूर्णता र नयाँ काम गर्ने योजना सुनाउनुभयो । उहाँले युवालाई सिप सिकाएर रोजगारीका क्षेत्रमा परिचालन र आत्मनिर्भर बनाउने, कृषिमा रुपान्तरण, पर्यटकीय क्षेत्रको विकास, आन्तरिक आम्दानी बढाउने र पुर्वाधार विकासमा जोड दिने बताउनुभयो ।

काँग्रेसका उमेद्वार बुढाथोकीले मंगलाको विकासको मुहार फेर्ने आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभयो । सडकलाई ब्यवस्थित र स्तरोन्नति गर्ने, नदी नियन्त्रणका योजनालाई जोड दिने उहाँको भनाई थियो ।

माओवादीबाट अध्यक्षका उमेद्वार बिकले मंगला गाउँपालिकालाई शुसासन, न्यायोचित दंगले सेवा पवाह र सेवा सुविधा जनताकहाँ पु¥याउन प्राथमिकता दिने बताउनुभयो । सडक, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको योजनावद्ध विकास गर्ने विकले बताउनुभयो ।

गत चुनावमा मंगलामा एमालेका सतप्रसाद रोकाले अध्यक्षमा ३६४९ र उपाध्यक्षमा सिर्जना केसीले ३७०२ मत ल्याएर बिजयी हुँदा हाल एमालेमा रहेका स्वतन्त्र सहितका वडा अध्यक्षका उमेद्वारहरुको मत ३६६० थियो । काँग्रेससँग तालमेल गरेको माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उमेद्वार चन्द्रप्रकाश बुढाथोकीले २६३१ मत पाउँदा माओवादीका वडा अध्यक्षका उमेद्वारहरुले १४६२ मत ल्याएका थिए ।
माओवादीसँग तालमेल गरेको काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीले १९६७ मत ल्याउँदा काँग्रेसका वडा अध्यक्षका उमेद्वारहरुले १३७९ मत ल्याएका थिए । मंगलामा एमालेले ४ र माओवादीले एक वटा वडा जितेका थिए । एमालेले बलियो संगठन र गाउँपालिकाको सफल नेतृत्व गरेका व्यक्तिलाई उमेद्वार बनाएकाले जित्ने दावी नेताहरुले गरेका छन् ।
काँग्रेसकाका नेताहरु अर्मनका एमालेका पुराना नेता बलभद्र ढकाल, कुँहुँका कम्प्युनिष्ट पृष्ठभूमिका रविन पुन लगायत नेताहरु भित्र्याएको, बढी मतदाता भएको भूगोल र समुदायका उमेद्वार भएका र पहिलेको तुलनामा संगठन सुधार भएकाले एक्लै चुनाव जित्ने दावी गर्छन् । माओवादीका नेताहरु माओवादी घटकहरु एकतावद्ध भएको, बढी मतदाता भएको भूगोल र दलित समुदायबाट लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न उमेद्वार भएका र एमाले काँग्रेससँग प्रतिस्पर्धा गर्ने हैसियतको संगठन बनाएकाले चुनाव जित्ने दावी गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...