दरवाङमा बसेर वडा चलाएका दिलिप शेरचनले ओखरबोटबासीलाई दुख दिएको काँग्रेसका उमेद्वार पुनको आरोप

Add Samajik bikash office

दरबाङ, । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा बुधबार चुनावी कार्यक्रम गरेको छ ।

कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न अपिल गर्नुभयो ।

मालिका गाउँपालिका अध्यक्षका उम्मेद्धार श्रीप्रसाद रोकाले मगर वडा नम्बर ४ लगायत सात वटै वडाका जनताको आवश्यकता र समस्या पहिचान गरी आफुहरुले काम गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा नम्बर ४ को ओखरबोट स्थित तामाखानी उत्खनन गर्ने प्रक्रियाको काम अघि बढेको उहाँको भनाई छ । पहिलो कार्यकालमा अधुरा रहेका योजनाहरु पुरा गर्न र समद्ध गाउँपालिका निर्माण गर्न आफुले पुनःउम्मेद्धारी दिएको बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले महिला, दलित र पिछडीएका समुदायको हक अधिकार थप प्रभावकारी बनाउने बताउनुभयो । वडा अध्यक्षका उम्मेद्वार भेजेन्द्रमान पुनले वडाको समग्र विकास र सुशासन कायम गर्न आफुले काम गर्ने बताउनुभयो ।

अहिलेका वडा अध्यक्ष दिलिप शेरचनले जनअपेक्षा अनुसार काम नगरेको र दरवाङमै बसेर वडा चलाउदा दुख भएको पुनले बताउनुभयो । माओवादीबाट चुनाव जितेपनि शेरचन हाल नेकपा एमाले निकट भएका छन् ।

कार्यक्रममा चुनाव प्रचारप्रसार संयोजक मनमोहन बुढाथोकी छन्त्याल, कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन, प्रचारप्रसार सदस्य लेकबहादुर पुन र वडा सदस्य उम्मेद्धार गर्भे गुरुङले वडाको विकास गर्न कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन अपिल गर्नुभयो ।

कांग्रेस प्रदेशसभा खका सचिव हिरा पुनले संचालन गर्नुभएको कार्यक्रममा वडा इकाई सभापति तमबहादुर पुनले स्वागत गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...