म्याग्दीका सवै पालिकामा एमालेको चुनावी सभा

Add Samajik bikash office

बेनी, । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा बुधबार नेकपा एमालेले म्याग्दीको ६ वटै स्थानीय तहमा चुनावी सभा गरेको छ ।

बिहान र साँझ घरदैलो तथा मतदाता भेटघाट गरेका एमालेका उमेद्वारहरुको टोलीले दिउँसो चुनावी सभा गरेका हुन् ।

बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी, पुरुन्डी र पुलाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले आसन्न चुनावपछि एमाले फेरि सत्तामा पुग्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पुरा गर्न एमालेलाई जनताले भारी मत दिएर सत्तामा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले नगर क्षेत्रमा सबैलाई स्वास्थ्य बीमा गर्ने, आर्थिक विपन्नलाई सघाउने र कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बजारीकरणमा सहयोग गर्नेलगायत योजनाहरु अगाडि सारेर आफूहरु चुनावमा होमिएको बताउनुभयो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–५, पुलाचौरको वडा अध्यक्षका उम्मेदवार गोविन्द बानियाँले आफू नेतृत्वको वडामा उठेको एमालेको टिमले पाँच वर्षभित्र वडालाई समृद्ध बनाउने योजनासहित चुनावमा लागेको बताउनुभयो ।

धवलागिरि गाउँपालिका–६, मराङमा एमाले जिल्ला सचिवालय सदस्य खरमाया बिटालुको विशेष उपस्थितिमा पालिका र वडाका उम्मेदवारहरु थमसरा पुन, प्रगति कार्की र राजाराम उपाध्यायसहितको टोलीले चुनावी सभा गरेको छ ।

त्यस्तै मालिका–४, ओखरबोटमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको विशेष उपस्थितिमा पालिका र वडाका उम्मेदवारहरु बेगप्रसाद गर्बुजा, लक्ष्मी पुन र गोपाल कँडेलसहितको टोलीले घरदैलो र मतदाता भेटघाट गर्नुका साथै फुलबारीमा चुनावी सभा सम्पन्न गरेको छ ।

एमाले मंगला गाउँपालिकाको आयोजनामा पनि बरंजास्थित धापुङमा पालिका र वडाका उम्मेदवार सतप्रसाद रोका, प्रेमकुमारी अधिकारी र लक्ष्मी पुनसहितको टोलीले कार्यक्रम गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिका कमिटीले झँीमा पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यमा पालिका र वडाका उम्मेदवारहरु प्रेमबहादुर कार्की, यामकुमारी गर्बुजा, तेजु शेरपुञ्जासहितको टोलीले चुनावी प्रचार गर्नुका साथै मतदातासमक्ष भोट मागेका छन् ।

अन्नपूर्णको दोवामा एमाले जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यमा पालिका र वडाका उम्मेदवारहरु भरत पुन, दिवाकुमारी तिलिजा पुन र कुलप्रसाद पूर्जाको टोलीले पनि चुनावी कार्यक्रम भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...