मालिका–२ मा एमालेका उमेद्वारको प्रतिवद्धता

Gandaki Kotihome

बेनी, । नेकपा एमालेका मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्ष उदयकुमार बुढाथोकी लगायतका उमेद्वारहरुले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, रोजगार, सामाजिक तथा भौतिक विकासलाई प्राथमिकता दिने प्रतिवद्धतापत्रमा उल्लेख छ । उहाँले वडामा ५ वटा सडक निर्माण र ४ वटा सडकलाई बाह्रै महिना संचालन हुने गरि स्तरउन्नति गर्ने योजना बनाउनु भएको छ ।

एक घर एक धारा निर्माण गरि खानेपानीको सुविधालाई व्यवस्थित गर्ने, करिव २०० जनाको क्षमता रहेको सामुदायिक भवन निर्माण गर्ने, बिद्युत, झोलुङ्गे पुल तथा पक्की पुल निर्माण गर्ने, रुम गाउँलाई रिङरोडको परिकल्पना सहित नमुना गाउँ निर्माणका लागि गुरुयोजना तयार गरि कार्यान्वयनमा लैजाने उहाँको प्रतिवद्धता रहेको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

रुमको स्लेट ढुङ्गाखानीलाई स्थानीय जनताको पहुँच र अधिकारको सुनिस्चितता हुने गरि बैधानिक रुपमा संचालन गरेर रोजगारीको सृजना गरि स्थानीय जनताको जिविकोपार्जनमा सहयोग पु¥याउने अध्यक्षका उम्मेदवार बुढाथोकीको सवैभन्दा महत्वपूर्ण योजना रहेको छ ।

वडाका विभिन्न वस्तीहरुमा हामस्टेको निर्माण गरि दुरलेकलाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । राष्ट्रिय माविलाई नमुना बिद्यालय बनाउने, २०८० साल देखि कक्षा १२ सम्मको अध्ययन गराउन पहल गर्ने, शिक्षालाई प्रविधिमैत्री बनाउने उहाँको योजना रहेको छ ।

स्थानीय पुख्यौली पेशालाई संरक्षण गर्ने, श्रमिकको सिप परिक्षण गरि रोजगारीको अवसर सृजना गर्ने, तथा युवा तथा खेलकुदको विकासका लागि खेलमैदान निर्माण देखि प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्ने योजना बनाउनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...