बेनपा–६ लाई विकसित र सुविधायुक्त बनाउने गठबन्धनका उमेद्वारको योजना

Add Samajik bikash office

बेनी । बेनी नगरपालिका–६ लाई विकसित र सुविधायुक्त ग्रामिण वस्ती बनाउने योजना सहित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वार चुनावी मैदानमा होमिएका छन् ।

गठबन्धनका तर्फबाट वडा अध्यक्षका उमेद्वार नगेन्द्रबहादुर खत्री, सदस्यमा स्यानीमाया कार्की, सुनिता सुनार, जिवनप्रसाद पौडेल र रोमन्तप्रदिप बानियाले शैक्षिक, प्रशासनिक क्षेत्रमा जिल्लाकै जनशक्ति उत्पादनको केन्द्र मानिएको वडालाई आधारभूत विकासका पूर्वाधार बनाएर सुविधायुक्त नमुना ग्रामिण बस्ती बनाउने परिकल्पना गरेका हुन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा उमेद्वार बनेका उनिहरुले सडक, खानेपानी, सिचाई, सेवा प्रवाहमा सहजिकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

Shreekrishna hardwear in news

“वडा नम्बर ६ को कार्यालय वडा नम्बर ७ मा रहेको बेनी बजारबाट चलिरहेको छ,” वडा अध्यक्षका उमेद्वार खत्रीले भन्नुभयो “वडाको केन्द्र अर्थुङ्गेबाटै कार्यालय सञ्चालन गर्छौ । अपायक पर्ने छाप, डम्मरा, चुत्रेनी क्षेत्रका बासिन्दालाई त्यही गएर सेवा दिन्छौ ।”

वडा नम्बर ६ मा अहिलेसम्म स्वास्थ्य चौकी छैन् । थाकनपोखरीमा सहरी स्वास्थ्य केन्द्र छ । अब वडा भित्रै स्वास्थ्य चौकी सञ्चालन गरेर वडाबासीलाई सहज रुपमा सेवा दिने र अस्पताल पुग्न फर्कनका लागि एम्बुलेन्स चलाउने उनिहरुको योजना छ ।

Bhautik ministry notice about road

राहुवडाको कालीगण्डकी देखि चुत्रेनीको म्याग्दी नदीको किनारसम्म भूगोल जोडिएर छरिएको वडाभित्रका मुख्य सडक कालोपत्रे र सहायक सडकमा नाली, पर्खाल बनाएर ग्राभेल गर्ने गठबन्धनका उमेद्वारहरुको अर्को योजना हो ।

बेनीको अस्पताल चोक देखि जामुनाखर्क, देउराली देखि जरबुटा, छाप लगायत बस्ती जोड्ने सडकको मार्ग खुलेपनि अहिले यातायातका साधन चल्न सकेका छैनन् । ति सडकहरुलाई मर्मत र सुरक्षित बनाउने योजना बनाएका छन् ।

यो वडाको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । ठूलो बस्ती र भएका पानीका स्रोतको ब्यवस्थित प्रयोग हुन सकेको छैन् । मुहानमा स्रोतको पनि अभाव छ । अन्य ठाउँको मुहानबाट पानी ल्याउने र भएका मुहानलाई व्यवस्थित गरेर घरघरमा निजी धारा बनाएर खानेपानी बितरण गर्ने योजना अघि सारिएको वडा अध्यक्षका उमेद्वार खत्रीले बताउनुभयो ।
कृषिको सुधारका लागि म्याग्दी नदीको पानी तानेर लिफ्ट सिचाई योजना बनाउन संघीय र प्रदेश सरकारको बजेट भित्र्याउने योजना बनाएका उनिहरुले वडालाई दूध उत्पादनको केन्द्र बनाउने प्रतिवद्धता जनाएका छन् । गाइभैसीपालक कृषकलाई प्रोत्साहन गर्ने, घाँस खेती विस्तारमा सघाउने बताएका छन् ।

यो वडाका सबै टोलमा आमा समूहका भवन बनेका छन् । ती भवनलाई सिप विकास र आयआर्जनका काममा प्रयोग गर्ने योजना उनिहरुको छ । युवा र महिलाहरुलाई सिपमुलक तालिम सञ्चालन गर्ने तथा सामुहिक उद्यम ब्यवसाय सञ्चालनमा सघाउने प्रतिवद्धता जनाएका छन् ।

गुफा, राममन्दिरलाई धार्मिक स्थल बनाउने र गुफा हुदै रावणपार्क निर्माण भैरहेको पछै जोड्ने धार्मिक पदमार्ग बनाउने प्रतिवद्धता जनाएका छन् । वडाभित्र रहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार व्यवस्थापनसँगै बालमैत्री शिक्षण बिधी र प्रबिधिको प्रयोग गरेर पठनपाठन गराउने ब्यवस्था मिलाउने बताएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...