ताकमका गठबन्धनका उमेद्वारको प्रतिवद्धता

Add Samajik bikash office

क्याम्पस चलाउने, विभेदमुक्त समाज, पर्यटन र कृषिबाट सम्बृद्धि, पूर्वाधारलाई प्राथमिकता

बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारले म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा क्याम्पस चलाउने, समाजलाई विभेदमुक्त बनाउने, पर्यटक र कृषिबाट वडालाई सम्बृद्ध बनाउने र पूर्वाधारलाई प्राथमिकता दिने प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

गठबन्धनका तर्फबाट ताकममा वडा अध्यक्षमा माओवादीका अशोक खत्री, वडा सदस्यका उमेद्वार डिलकुमारी बिक, नरकुमारी बुढाथोकी, रामबहादुर खत्री र बिरबहादुर सुनार उमेद्वार बन्नुभएको छ । नेपाली काँग्रेसका जिल्ला उपसभापति केवी भण्डारी, प्रचारप्रसार संयोजक तेजिन्द्रबहादुर थापा, माओवादीका जिल्ला सदस्य किरन थापा र रिमप्रकाश थापाको उपस्थितिमा मंगलबार धारापानीमा प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

खेतीयोग्य जमिनमा सिचाईका लागि कोटखोला र दरखोलाको पानी ल्याउने, म्याग्दीखोलाको पानी तान्ने, दरवाङ देखि मुना जोड्ने सडकलाई कालोपत्रे गर्ने, भारबाङको निर्माणाधिन मोटरेबल पुललाई सम्पन्न गराउने, वडा भित्रका शाखा सडकहरुलाई स्तरोन्नति गर्न प्राथमिकता दिने, सतप्रतिशत घरमा विद्युत र खानेपानी सुविधा विस्तार गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

वडाका सवै विद्यालयको भवन पक्कि बनाउने, शिवाङमा क्याम्पस चलाउने, इलेक्ट्रिकल इञ्जिनियर बिषयको पठनपाठन हुने ताकम माविलाई ब्यवस्थित बनाउने, कम्प्युटर विषयको पठनपाठन गराउने, उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने, ताकममा निर्माणाधिन अस्पताल भवनलाई पूर्णता दिने, धारापानीको स्वास्थ्य चौकीलाई व्यवस्थित गर्ने, आवश्यक पर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गर्ने र स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

हाटबजार सञ्चालन गर्ने, कृषकलाई अनुदानमा विउ र औजार वितरण गर्ने, माटो परिक्षण गरेर सम्भावनाको आधारमा बालीको पकेट क्षेत्र बनाउने, पाँच वर्षमा ३० हजार फलफुलका विरुवा रोप्ने, पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने, डेरी उद्योग खोल्न प्रोत्साहन गर्ने योजना अघि सारेका छन् ।

ताकमकोतको एकिकृत पर्यटन विकास, ताकमकोट देखि मालिकाधुरी जोड्ने पदमार्ग सञ्चालन र केबुलकारको सम्भाव्यता अध्ययन गर्ने, काउसीबोट देखि बास्बोट जोड्ने पुल बनाएर बञ्जिजम्प सञ्चालनमा पहल गर्ने, पालिका स्तरीय उद्योग ग्राम स्थापनाका लागि पहल गर्ने, सामाजिक विभेद र विकृति न्युनीकरणका लागि महिला तथा युवा परिचालन गर्ने, उत्कृष्ट युवा र क्लवलाई पुरस्कृत गर्ने, नापी सम्बन्धी समस्या समाधानका लागि नापी कार्यालयसँग समन्वय गर्ने, सुकुम्बासीलाई बसोवासको ब्यवस्थापन, जोखिमयुक्त ठाउँ पहिचान गरेर पहिरो र भुक्षय नियन्त्रण गर्ने, चौतारी, पोखरी, कुवा, पँधेराको संरक्षण गर्ने, उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने, विपन्न, बिधवा महिलाहरुलाई दुहुना भैसी वितरण गरेर आयआर्जनमा सघाउने, वडा कार्यालयको सेवालाई छिटो, छरितो र सहज बनाउने प्रतिवद्धता जनाएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...