म्याग्दीमा चुनावको तयारी तिब्र

Add Samajik bikash office

बेनी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीमा तयारीलाई तिब्र पारिएको छ ।

जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तिव्र बनाएका हुन् । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले चुनावमा खटिने जनशक्ति खटनपटनको अन्तिम तयारी भएको जानकारी दिनुभयो ।

“चुनावमा खटाउने सम्भावित कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो “मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ती दिएर चुनावमा खटाउने अन्तिम तयारी गरेको छ ।”

Shreekrishna hardwear in news

निर्वाचन कार्यालयले दुई हजार ३६७ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वाथ्यकर्मीको विवरण पठाएको थियो । छ वटा स्थानीय तहका ४५ वटा वडामा ७४ मतदान स्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ ।

११४ जना मतदान अधिकृत, ११४ जना सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी गरी कुल ५६१ जना सुरक्षाकर्मी बाहेकका जनशक्ति नियुक्ति गरिने निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

Bhautik ministry notice about road

निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सवै सामग्री जिल्लामा आइसकेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । ९६ हजार मतपत्र आएको हो । निर्वाचनको तयारीसँगै बिहिबार बेनीमा नमुना मतदान गर्ने तयारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीका ७४ मतदान स्थल मध्य १५ वटालाई अति संवेदनशिल, ४९ वटालाई संवेदनशिल र १० वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

“मतदान पुर्व, मतदान र मतदान पछिको तीन चरणको सुरक्षा योजना बनाएका छौ,” उहाँले भन्नुभयो “नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”

निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६१८ जना म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा २७७ सहित ३८० जना नेपाल प्रहरी खटिने भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि शसस्त्र प्रहरीको टोली परिचालन भएको छ । सबै स्थानीय तहमा एक÷एक वटा घुम्ती टोली परिचालन गरेर गस्ती थालिएको छ ।

४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि ८५ हजार ३७५ जना मतदाता छन् । २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी मैदानमा छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...