वडा सदस्यको उमेद्वारमा हेभीवेट नेता

Add Samajik bikash office

बेनी, । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका केही जिल्ला स्तरका नेताहरु वडा सदस्यको उमेद्वार बनेका छन् ।

पालिकाका नेतृत्वमा दावी गरिरहेका उनिहरु जिल्ला समन्वय समितिमा जानका लागि वडा सदस्यका उमेद्वार बनेका अनुमान गरिएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर १ को वडा सदस्यको उमेद्वार बनेका एमालेका जिल्ला उपसचिव राजकुमार थापा नगरप्रमुखकै आकाक्षीका रुपमा हुनुहुन्थ्यो । नेपाली काँग्रेसका जिल्ला सचिव हिराबहादुर पुन बेनी नगरपालिका ८ को वडा सदस्यको उमेद्वार बन्नुभएको छ । उहाँ यसअघि पनि सोही वडाको सदस्य निर्वाचित हुनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटि अध्यक्ष तथा जिल्ला कार्यालय सदस्य सेरबहादुर केसी बेनी नगरपालिकाको वडा नम्बर ७ बाट वडा सदस्यमा उमेद्वार बन्नुभएको छ । जिल्ला समन्वय समितिको सदस्यबाट राजीनामा दिएर वडा सदस्यको उमेद्वार बनेका केसीको नाम पनि बेनी नगर प्रमुखको उमेद्वारमा सिफारिस भएको थियो ।

तीनै जना उमेद्वारहरुलाई जिल्ला समन्वय समितिको भावी प्रमुख, उपप्रमुखका रुपमा हेरिएको छ । पालिका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षहरुको मतदानबाट जिल्ला समन्वय समिति गठन हुने प्रक्रीया छ । जिससको उमेद्वार बन्न स्थानीय तहको कुनै पदमा निर्वाचित हुनुपर्छ ।

बेनीको नगरप्रमुखमा माओवादीले काँग्रेसका र उपप्रमुखमा काँग्रेसले माओवादीका उमेद्वारलाई सघाउने सहमति भएको छ । स्थानीय तह निर्बाचनबाट चयन हुने पालिका प्रमुख÷उपप्रमुख मात्र मतदाता र निर्वाचित जनप्रतिनिधी उमेद्वार हुन पाउने जिल्ला समन्वय समितिको प्रमुखमा माओवादीलाई सघाउने काँग्रेसले लिखित प्रतिवद्धता जनाएको छ । जिसस उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...